शहीदलखन र भीमसेनथापा गाउँकार्यपालिकाले पायो पूर्णता
गोरखा। गोरखाको शहीदलखन र भीमसेन थापा गाउँपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । दुबै पालिकामा माओवादी केन्द्र र कांग्रेसको सहकार्यमा कार्यपालिका गठन गरिएको हो ।
शहीदलखन गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबाट तीन÷तीन जना कार्यपालिका सदस्य चयन भएका छन् । माओवादी केन्द्रबाट बिमला ढुङ्गाना अम्गाई, गिता परियार र कृष्णबहादुर प्रजा कार्यपालिका सदस्य छन् । कांग्रेसबाट लिना थापा मगर, हस्तकुमारी गुरुङ र शोभा मग्राती कार्यपालिका सदस्य चयन भएका छन् ।
कांग्रेस र माओवादी मत बरावर २१÷२१ आएपछि भिमसेन थापा गाउँपालिकामा गोलाप्रथाबाट सदस्य चयन गरिएको छ । जसमा महिला सदस्य तर्फ कांग्रेसबाट तीन जना कमला खनाल, टंककुमारी बिक, पार्वती थापा चयन भएका छन् भने माओवादी केन्द्रबाट सम्झना बसेल, गोपाल बराईली र कृष्णबहादुर सुर्खेती चयन भएका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #भीमसेनथापा गाउँपालिका, #शहीदलखन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्