श्री काभ्रेस्थली माध्यमिक विद्यालयको एक चिनारी
काठमाडौ । काठमाडौ जिल्लाको उत्तर क्षेत्रमा रहेको तारकेश्वर नगरपालिका वडा नंम्वर २ मा अवस्थित विद्यालय श्री काभ्रेस्थली माध्यमिक विद्यालय भेडीगोठ को ढप्पु चौरमा छ।यस विद्यालयको स्थापना विक्रम संम्वत २०१९ साल अषाढ २८ गते भएको हो।
सुरुमा यो विद्यालय काभ्रेस्थली गाउँ विकास समिति वडा नंम्वर ७ का स्थानीय समाज सेवी इन्द्र वहादुर फुयाल ले जग्गा उपलब्ध गराउनु भई तीन कोठे कच्ची ईटा र ढुड़्गा को भवन निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म संचालन भयो।यस विद्यालयको संस्थापक प्रधानाध्यापक तीर्थ प्रसाद ढकाल हुनु हुन्छ।
सुरुका वर्ष देखिनै विद्यालयमा वालवालिकाहरुको उपस्थित संख्या धेरै हुदाँ भवनको अभाव र कक्षा अपग्रेड गर्ने चापको कारणले स्थानिय वुध्दिजिवी शिक्षा प्रेमीहरुको भेलाले विक्रम संवत २०३८ सालमा काभ्रेस्थली वडा नंम्वर ७ वाट स्थानान्तरण गरी काभ्रेस्थली गाउँ विकास समिति वडा नंम्वर ४ ठाँटी पिपल वोट मा समाज सेवी हरिकृष्ण फुयालले विद्यालयलाई दान गर्नु भएको ९ आना जग्गामा आठ कोठाको नयाँ भवन निर्माण गरी विद्यालय संचालन भयो।
विक्रम संम्वत २०३८ सालमा निर्माण गरीएको भवन विक्रम संवत २०६० सालमा भत्काइ सोही ठाउँमा गाउँ विकास समिति,राष्ट्रीय भूकम्प प्रविधि नेपाल र स्थानीय चन्दा दाताको सहयोगमा पुनः १२ कोठाको पक्कि भवन निर्माण भयो। नयाँ भवनको निर्माण पश्चात कक्षा अपग्रेड गर्दै कक्षा १ देखि कक्षा १० सम्म कक्षा संचालन भएको थियो।विक्रम संवत २०७२ सालको महाभूकम्प र त्यस पछाडी आएको पराकम्पको कारण विद्यालयको भवन क्षेती पुग्न गयो।
विद्यालय सुरक्षित स्थानको खोजीमा हाल तारकेश्वर नगरपालिका वडा नंम्वर २ को ढप्पु चौरमा स्थानांतरण भई सुरूका दिनहरुमा पाल,टि एल सी,ट्रस,हुदै नयाँ भवनको निर्माण भएको छ।
लामो इतिहास वोकेको एउटा सरस्वतीको मन्दिर निर्माण र संरक्षण गर्नु हामी सवैको धर्म हो। विक्रम संम्वत २०७२ साल वैशाख १२ गते गएको महाभूकम्प र त्यस पछाडी आएको पराकम्प वाट विद्यालयको भवनको क्षेती पुग्न जादा पुन विद्यालय भेडीगोठ को ढप्पु चौरमा साग्ड़ला सामुदायिक, हेल्पिड़ हेण्ड, यूनिसेफ, रेसलेस, स्थानीय समाज सेवा, गाउँ विकास समिति ,जिल्ला विकास समिति, ह्यूमन च्यारीटी आदी संस्थाहरुले पाल, टि एल सी,टहरा,ट्रस हुदै २ कोठा भवन र कोरियन संस्था वाट आठ कोठाको भवन निर्माण गरी कक्षा संचालन भयो।
विद्यालय व्यवस्थापन समिति, तारकेश्वर नगरपालिका वडा नंम्वर २ को वडा अध्यक्ष, प्रधानाध्यापक, स्थानीय समाज सेवी,शिक्षा प्रेमी,चन्दादाता र विभिन्न सहयोगी संस्थाहरुको विशेष पहलमा ढप्पु चौरको अन्दाजी ४८ रोपनी क्षेत्रफल भएको सार्वजनिक प्रति जग्गा विद्यालयलाई भवन निर्माण गर्न भोकाधिकार उपलब्ध गराउनकोलागि पहल भए अनुसार जिल्ला समन्वय काठमाडौ र शिक्षा विभागवाट नयाँ भवन वनाउन आवश्यक पहल भयो ।
विद्यालयले प्राप्त गरेको जग्गामा जिल्ला आयोजना केन्द्र वाट दुई वटा अठार कोठाको आधुनिक सुविधा युक्त भवन ,छात्र छात्रा शौचालय निर्माण गर्न रू ५ करोड निकासा भयो। नयाँ भवनको निर्माण सगै कम्प्यूटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, पुस्तकालय व्यवस्थीत छ ।
फिल्टर गरेको स्वच्छ पिउने पानी,विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ । ग्राउण्डमा ब्लक विछ्याउनि र स्टेज निर्माण सम्पन्न भएको छ। समय सापेक्ष सूचना प्रविधिको विकास पनि विद्यालयले गरेको छ। सि सि क्यामरा जडान गरीएको छ। चार वटा कक्षामा प्रोजेक्ट जडान गरी पठनपाठन गरीन्छ।
हाल वालकक्षा देखि कक्षा १२ सम्म पढाई हुन्छ । शैक्षिक सत्रमा ४६९जना वालवालिकाहरु अध्ययनरत छन्।शिक्षक संख्या २५ जना र कर्मचारी संख्या २ जना ब्यवस्था छ।गुणात्मक शिक्षा प्रदान गर्नु यस क्षेत्रको अव्वल विद्यालयको रुपमा परिणत गर्नु हामी सवैको एउटै उद्देश्य रहनु पर्दछ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #श्री काभ्रेस्थली माध्यमिक विद्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्