सामाजिक सुरक्षा भत्ता घरघरमा उपलब्ध गराउने विकास श्रेष्ठको घोषणा
गोरखा। भिमसेनथापा गाउँपालिका १ का वडाअध्यक्ष विकास श्रेष्ठले वडाभित्रका वृद्धावृद्धा तथा अपाङ्गलाई घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरेका छन्।
हिजो सोमवार आफ्नो कार्यकालको शुभारम्भ गर्दै उनले वडामा रहेका वृद्धावृद्धा तथा अपाङ्गले पाउदै गरेको समाजिक सुरक्षा भत्ता टोलटोलमा स्वयम् उपस्थित भइ सम्बन्धित व्यक्तिले नै उपलब्ध गराउने निर्णय गरेका हुन्। भौगोलिक अबस्थाका कारण धेरै उमेर भएका बुबाआमाहरुले समयमै समाजिक सुरक्षा भत्ता लिन जान नसक्ने साथै कानुनी झनझटका कारण कतिपयलाई असहज भएकोले सहजिकरणको लागि यस्तो निर्णय गरेको अध्यक्ष श्रेष्ठ बताउछन्।
उनले वडामा रहेका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई घरघरमा गइ मासिक निशुल्क स्वास्थ्य परिक्षण गरि स्वास्थ्य सेवा सम्बन्धी उचित परामर्श दिने निर्णय गरेका छन्। प्रत्येक साविकका वार्डमा सुचना पाटी बनाउने, कृषकलाई आवस्यकता पर्ने रासायनिक मल, वीउ बिजन समयमै उपलब्ध गराइ कृषिमा सुधार गर्ने, सहाराविहीन तथा अपाङ्ग वालवालिकालाई माध्यमिक तहसम्मको शिक्षा निशुल्क व्यावस्था मिलाउने, बेरोजगार युवाहरुलाई स्वरोजगार अन्तर्गत विभिन्न किसिमका तालिम दिइ आत्मनिर्भर बनाउने, कच्ची सडकको स्तरोन्नती तथा ढलनलको व्यवस्था गर्ने घोषणा गरेका छन्।
यस्तै, वडाको रहेको एक घर एक घाराु अभियानलाई व्यावस्थित गराउन सम्बन्धीत निकायलाई पहल गर्ने, विधुत प्रसारण लाइन तथा बन्दै गरेको सव स्टेशनलाई तत्काल सुचारु गर्न पहल गर्ने, मध्यपहाडी लोकमार्ग ९निमेल (क्वायपानी० सडक खण्ड तत्काल पिच गर्ने र वार्डमा रहेको प्रत्येक घरको नम्बर टाँस गर्ने घोषणा गरेका छन्।
गत स्थानीय निर्वाचनमा माओबादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनबाट अध्यक्षमा निर्वाचित भएका श्रेष्ठले नेपाली काग्रेसका अध्यक्ष प्रत्याशी गुप्त बहादुर बाँनियालाई १२८ मतले हराएका थिए।
क्याटेगोरी : स्थानीय
ट्याग : #भिमसेनथापा गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्