भिमसेनथापाका नवनिर्वाचित अध्यक्ष बन्जराद्धारा पदभार ग्रहण
गोरखाको भिमसेनथापा गाउँपालिका नवनिर्वाचित अध्यक्ष लोक प्रसाद बन्जाराले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार गाउँपालिका कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेसँगै अध्यक्ष बन्जाराले गरेको पहिलो निर्णयहरु निम्न प्रकारका रहेका छन् ।
१. स्थानीय सरकार संचालन गर्न सर्वपक्षीय संयन्त्र गठन गरी सवै पक्षसंग समन्वय र सहकार्य गर्दै भिमसेनथापा गाउँपालिकालाई ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका बनाउने ।
२. गाउँपालिका भित्र बसोवास गर्ने (७० वर्ष) माथिका जेष्ठ नागरिक, दिर्घरोगी, अशक्त, अपाङ्गता भएका व्यक्तिहरुको लागि वडामा रहेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरु परिचालन गरी कम्तिमा महिनाको १ पटक स्वास्थ्य अवस्थाको जाँच गर्ने, आवश्यकता अनुसार उपलब्ध औषधी वितरण गर्ने र सोको रेकड गर्ने तथा मासिक रुपमा गाउँपालिका स्वास्थ्य शाखामा प्रतिवेदन गर्ने । जटिल अवस्थाका रोगीहरुलाई उपयुक्त स्थानमा प्रेषणका लागि सहजिकरण गर्ने गरी गाउँपालिका अध्यक्ष जेष्ठ नागरिक तथा अशक्त नागरिक स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्ने साथै सवै नागरिकहरुको स्वास्थ्य विमा गराउने कार्यलाई अगाडि वढाउने ।
३. प्रत्येक वडाको मुख्य सडक बाह्रै महिना चल्न सक्ने गरी स्तरोन्नती गर्ने र त्यसलाई नियमित गराउने ।
४. प्रत्येक घरधुरीले न्यूनतम जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न “एक घर एक रोजगारी वा व्यवसाय ” को कार्यक्रम अगाडि वढाउने ।
५. गाउँपालिकावाट प्रवाह हुने सेवालाई थप चुस्त, दुरुस्त, भरपर्दो र पारदर्शी वनाउन कर्मचारीको क्षमता विकास गरी नागरिक सचेतीकरण वढाउदै प्रविधिको प्रयोगमा जोड दिने ।
६. १ वडा १ प्राविधिक कर्मचारीको व्यवस्था गरी विकास निर्माणका कार्यहरुलाई गुणस्तरीय एवं पारदर्शी वनाई समयमै कार्य सम्पन्न गर्ने साथै योजना प्रणालीलाई प्रविधिमैत्री वनाउने ।
७ . पूर्ण पशुपन्छि विमा र कृषि विमा गाउँपालिका निर्माणको लागि कार्यक्रम संचालन गर्ने ।
८. एक घर एक धारा कार्यक्रमलाई पूर्णता दिने ।
९. भिमसेनथापा लोक कल्याणकारी कोष स्थापना गरी संचालन गर्ने र शुरुमा सो कोषमा पालिका अध्यक्षको आधा महिनाको पारिश्रमिक जम्मा गरी हरेक महिना सवैसंग १ दिनको आम्दानी/तलव उक्त कोषमा जम्मा गर्न आह्वान गर्ने ।
१०. क्रिश्चियन समुदायको लागि कव्रस्थान व्यवस्था गर्ने ।
११. युवाहरुको लागि खेलकुद, शैक्षिक कर्जा, व्यवसायिक कर्जा तथा सिपविकास र रोजगारीको व्यवस्थापन गर्ने । १२. शहिद वेपत्ताको सम्मानमा विशेष योजना संचालन गर्ने ।
१३. शिक्षा, स्वास्थ्य र रोजगारीमा गुणात्मक व्यवस्था गर्ने ।
१४. दलित, महिला, फरक क्षमता भएका नागरिकको सम्मान गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्ने ।
१५. सामाजिक सुरक्षा भत्ता वैकसंग समन्वय, सहकार्य गरी गाउँ गाउँमा वितरणको व्यवस्था गर्ने
क्याटेगोरी : स्थानीय
ट्याग : #भिमसेनथापा गाउँपालिका, #लोक प्रसाद बन्जारा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्