इटहरीको मेयरमा हेमकर्ण पौडेल र उपमेयरमा संगीता चौधरी विजयी
इटहरी । इटहरी उपमहानगरपालिकामा मेयर पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौडेल ३३,०४९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका यामकुमार सुब्बाले २८,०३१ मत प्राप्त गरे ।
नगरसभापति समेत रहेका पौडेल यसअघि ०७४ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।
उपमेयरमा भने नेकपा एमालेकी संगीता चौधरी विजयी भएकी छन् । चौधरीले ३२,४२५ मत प्राप्त गरिन् । यस्तै, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८,०३१ मत प्राप्त गरे ।
क्याटेगोरी : स्थानीय
ट्याग : #इटहरी उपमहानगरपालिका, #संगीता चौधरी, #हेमकर्ण पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्