नुवाकोट लिखु गाउँपालिका ३ का वडाध्यक्ष मगरद्वारा पदभार ग्रहण
नुवाकोट । जिल्लाको लिखु गाउँपालिका वडा नं ३ का नवनिर्वाचित वडाध्यक्ष सिताराम पुलामी मगर (राम) ले पदभार ग्रहण गरेका छन् ।
नवनिर्वाचित मगरले शुक्रबार लिखु वडा नं ३ को कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनलाई कर्मचारीहरुले फुलगुच्छासहित स्वागत गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष मगरले आगामी दिनमा विकास निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आफू जनप्रतिनिधि हुनुअघि पनि निरन्तर जनताको सेवामा खटिएको बताउँदै आगामी दिनमा थप सक्रियताका साथ सेवामा समर्पित रहने बताए ।
आफू पनि गाउँमा जन्मिएको र गाउँको समस्यासँग परिचित भएको बताउँदै गाउँको समस्या आफ्नै समस्या मानेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वडाध्यक्षमा निर्वाचित हुनुअघि पनि मगर निरन्तर समाजसेवामा लागि पर्ने गरेका थिए ।
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मगरले वडा नं ३ मा नेपाली कांग्रेसको प्यानलसहित जित हासिल गरेका हुन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #सिताराम पुलामी मगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्