महर्जनलाई प्रतिस्पर्धी न्याैपानेले दिए बधाई
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ को अध्यक्षमा पराजित कांग्रेस उम्मेदवार राम प्रसाद न्याैपानेले नेकपा एमालेका वडाध्यक्षमा विजेता दिनेश महर्जनलाई बधाई दिएका छन् ।
महर्जनलाई खादा ओढाएर न्याैपानेले बधाई दिँदै वडाले अगाडि सार्ने विकास र समृद्धिको अभियानमा आफू पनि सँगै रहने प्रतिबद्धता पनि जनाए । यस कार्यले उच्च राजनीतिक संस्कारको उदाहरण प्रस्तुत भएको छ । न्याैपानेले परिणाम सार्वजनिक भएपछि फेसबुक स्टाटस लेखेर मतदाता र विजेता सबैलाई बधाई र धन्यवाद दिएका छन् ।
उनले लेखेका छन्: हार्दिक आभार तथा बधाई मिति २०७९ साल बैशाख ३० गते भएको स्थानियतह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट यस का.म.पा ४ वडामा म राम प्रसाद न्यौपाने अध्यक्षको उम्मेदवार सदस्यका उम्मेदवार सुवर्ण वहादुर सिलवाल संजय श्रेष्ठ , सावित्री खनाल र सिता दमाई हुँदै गर्दा हामीलाईनिर्वाचित गराउनको लागि सहयोग गर्ने सम्पूर्ण हाम्रा ईष्टमित्र साथिभाई, शुभचिन्तक, मान्यवर वडा वासी, सहयोगि सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौ/ हार र जित सबै प्रक्रियामा हामी रमाउने मानिस भएको ले हाम्रो हारलाई स्वीकार गर्ने क्षमता पनि छ र सामाजिक कार्य गर्ने प्रयासलाई अझ सुदृण र सवल गर्न अझ प्रेरणा बढाउने आसा र भरोसाका साथ सम्पूर्ण वडा वासी आमा, बुवा, दाजुभाई ईष्टमित्र शुभेच्छुक मा आभार व्यक्त गर्दै बिजयी सम्पूर्ण नेकपाका मित्रहरूलाई हार्दिक बधाई तथा शुभकामना प्रकटगर्दछु भने हामीभनेर जसले हामीलाई मतदान गर्नुभयाे उहाँहरूलाई बिषेश धन्यवाद। हामीहरू हजुरहरूले दिएकाे मतकाे उच्चकदर गर्दै निर्वाचित साथिहरूलाई राम्रोकामकाेलागि सहयाेगर्दै नराम्रोकाम गरेमा खवरदारी गर्नेकार्य गर्नेछाै भने वडावासीहरूलाई सदैब सेवागर्ने छाै।
क्याटेगोरी : स्थानीय
ट्याग : #दिनेश महर्जन, #राम प्रसाद न्याैपाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्