बूढानलिकण्ठ–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार धिताल विजयी
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको आज सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार आकाश धितालले ५१२ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरे । उक्त वडामा एक स्वतन्त्रसहित पाँच राजनीतिक दलले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
यस्तै, खुल्ला वडा सदस्य पदमा एमालेका उम्मेदवारद्वय विक्रमराज श्रेष्ठ ६१०, विकास तामाङ लामा ६१४ मत प्राप्त गरी विजयी भएका छन् ।
यस्तै, महिला सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार बालमाया श्रेष्ठले ५५४ र दलित महिला सदस्यमा एमालेकी उम्मेदवार सुशीला रम्तेल ५७९ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत भट्टराईले बताइन् । कूल ४८ हजार ३०४ मतदाता रहेको बूढानीलकण्ठ नगरपालिकामा ३४ हजारभन्दा बढी मत खसेको थियो । उक्त नगरपालिकामा १३ वडा रहेका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्