Techie IT
मंगलबार, असोज २७,२०८३

एकीकृत समाजवादी स्याङजाका सचिव एमालेमा प्रवेश


पोखरा । नेकपा एकीकृत समाजवादी स्याङजाका सचिव एमालेमा प्रवेश गरेका छन् । टिकाराम नेपालीलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले प्रवेश गराएका हुन् ।

उनीसँगै अनेरास्ववियूका केन्द्रिय उपमहासचिव मेघनाथ चापागाईं, प्रदेश सदस्य नेत्रबहादुर थापा, जिल्ला सचिवालय सदस्य मनोज बराल लगायत एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै उनीहरुले यसअघि आफूले बाटो बिराएको बताएका छन् । उपमहासचिव गुरुङले सबैलाई एमालेमा समाहित हुन आह्वान गरे ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्