यस्तो छ तारकेश्वर नगरपालिका– ११ कांग्रेसको चुनावी घोषणापत्र
कमाठमाडौं । यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षीत गरि नेपाली कांग्रेस तारकेश्वर नगरपालिका– ११ कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । देशभर चुनावी माहौलले तातीरहेको समयमा तारकेश्वर– ११ मा पनि कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको हो ।
यस्तो छ घोषणापत्र
राष्ट्रियता लोकतन्त्र र समाजवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा पालन गर्दै सङ्घीय, लोकतान्त्रिक गणतन्त्र सम्मको राजनैतिक परिवर्तन पछि हुन गइरहेको ऐतिहासिक आशन्न स्थानीय निर्वाचन २०७९ को चुनवी प्रतिवद्धता सहितको जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार बिकाश संग(संगै वातावरण, मैत्री र स्थानीय पहिचान सहितको योजनामा प्रतिवद्धता जनाउन पाउनुले हामी आफै गौरबान्बित भएका छौँ । त्यसलाई अक्षरस पूर्ण पालना गर्नु हाम्रो ऐतिहासिक जिम्मेवारी हुन आउँदछ, र यो प्रतिवद्धता साहितको घोषणा पत्र अक्षरस पलाना हुने कुरामा विश्वस्त पार्न चाहन्छौँ ।
पूर्वाधार विकास–खानेपानी व्यवस्थापन
स्थानीय स्रोतहरुको पूर्ण उपयोग गर्दै खानेपानी संस्था लिमिटेडको सहकार्येमा दीर्घकालिन खानेपानी समस्यको समाधान गरिनेछ।
सडक
गोरेटो र शाखाबाटोहरुलाई स्तोरुन्नती गरि प्रथमिकता का आधारमा ग्राभेलिङ्ग, कालोपत्रे गरी सवारी साधन चलाउन योग्य बनाइनेछ । मूल सडक र शाखा सडकहरु स्तोरुन्नती गरी अपाङ्ग मैत्री फुटपाथ सहितको सडक बत्ती जडान गरी आवतजावतमा सहजीकरण गरिनेछ । नेपालटार शेषमतीको ट्राफिक व्यवस्थापनलाई सहज गर्न वैकल्पिक मार्गको पहिचान गरी एकतर्फी सवारी साधन सञ्चालन गरी आवतजावतमा सहजीकरण गरिनेछ ।
फोहोर व्यवस्थापन
एक दिन बिराएर फोहोर संकलन गर्ने फोहरलाई वर्गीकरण गरेर फोहोर उठाउने ठाउँमा भाँडोको व्यवस्थासहित सडक पेटी र गल्लीमा सरसफाइ गर्न आवश्यक पहल गर्नेछौँ । आवश्यक ठाउँहरु पहिचान गरी सुविधासम्पन्न पिउनेपानी सहितको सफा शौचालय र प्रतिक्षालय निर्माण गरिनेछ । सामुदायिक भवन र हरियाली पार्क सहितको बाल तथा बृद्धबृद्धा उध्यानको निर्माण गरिनेछ ।
शिक्षा
न्यून आय भएका विद्यार्थीहरूका लागि पूर्ण छात्रवृत्ति को व्यवस्था गरिनेछ र शैक्षिक संस्थाको पूर्वाधार विकासमा पहल गरिनेछ । वडास्तरिय पुस्तकालय स्थापना गरिनेछ ।
स्वास्थ्य
शहरी स्वास्थ्य केन्द्रको भौतिक संरचना र स्वास्थ्य कर्मचारी चिकित्सकसहित सबै प्रकारका रोगको जाँच गर्न सकिने व्यवस्थाको लागि पहल गरिनेछ । साथै, एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ । निम्न आय भएका दि दिर्घरोगीहरुलाई रोगको प्रकृति हेरेर आवश्यक सिफारिस सहितको आर्थिक सहयोग गर्ने पहल गरिनेछ । योग तथा प्राकृतिक चिकित्सालयको स्थापना गरिनेछ । सम्पूर्ण विद्यालयभित्र छात्राको लागि निःशुल्क सेनेटरी न्यापकिन राख्ने व्यवस्था गरिनेछ ।प्राकृतिक रूपमै शारिरिक र मानसिक अपाङ्गता भएका नागरिकहरूलाई संरक्षण सहितको सहयोग गरिनेछ ।
सामाजिक सुरक्षा
महिला हिंसा, जातीय विभेद ,बालश्रम शोषण जस्ता जघन्य अपराधहरु न्यूनिकरण गर्न वडास्तरीय साहायता केन्द्र संचालन गरिनेछ । सुरक्षाकर्मीको प्रत्यक्ष निगरानी हुनेगरी दैनिक गतिविधिलाई निगरानी गर्न आवश्यक ठाउँमा सिसी टिभी क्यामारा र साइरन जडान गरिनेछ । अशक्त वृद्धवृद्धाहरुलाई सबैखाले सेवाहरु घरमै उपलब्ध गराउने कोसिस गरिनेछ ।
प्राकृतिक तथा वातावरण संरक्षण
वार्षिक रुपमा खुल्ला तथा सार्वजनिक जग्गाहरूमा वृक्षारोपण कार्यक्रमलाई तीव्रता दिइनेछ साथै कम्तिमा एक घर २ वटा रुखको अवधारणालाई अनिवार्य गरिनेछ । पशु चौपाया तथा भुसियाहा कुकुरहरु को उचित व्यवस्थापन गरिनेछ । पर्ति जग्गाको रेखाङ्कन ,संरक्षण र आयमुलक प्रयोगमा कडाईकासाथ ध्यान दिइनेछ । नदी सरसफाई र नदीको दायाँबायाँ हरियाली वातावरण बनाउन कार्यक्रम ल्याइनेछ ।
विपत व्यवस्थापन
आवश्यक विपत व्यवस्थापनको तालिम सहितको जनशक्ति निर्माण गरी पूर्ण उपकरणसहित तयारी अवस्थामा रहन सक्ने व्यवस्था गर्नेछौँ ।
संस्कृति
सांस्कृतिक तथा पौराणिक महत्वका मठ मन्दिर चौताराहरु इनार कुवा ढुंगेधारा हरूको उचित संरक्षणमा ध्यान दिइनेछ । स्थानीय सांस्कृतिक चाडपर्वहरु, जात्राहरू भेषभुषा र कलाको पहिचान गरि संरक्षण र प्रोत्साहन गरिनेछ ।
युवा तथा महिला केन्द्रित कार्यक्रम
ब्यक्तित्वकला, क्षमता विकास र खेलकुदको विकासको लागि युवा तथा महिला क्लब स्थापना गरिनेछ । युवा तथा महिलाको लागि रोजगार तथा सीपमूलक ,आयमूलक सहज जीवनयापनका लागि उचित तालिम र रोजगारी सृजना गर्ने कार्यक्रम ल्याइनेछ । युवा तथा महिलाहरूको वैचारिक विकास, नेतृत्व विकास, क्षमता विकास सहित राजनीतिक विकास गरी राष्ट्रिय नेतृत्व लिन सक्ने क्षमतावान बनाइनेछ ।
मनोरञ्जन
वार्षिक वडा महोत्सव कार्यक्रम सञ्चालन गरिनेछ । सार्वजनिक ठाउँहरूमा निःशुल्क वाइफाई सुविधाको व्यवस्था गरिनेछ । वडा स्तरीय खेलकुद तथा रचनात्मक कार्यक्रमहरूको आयोजना गरिनेछ ।
जनतासँग जनप्रतिनिधि
जनतासँग जनप्रतिनिधि कार्यक्रम मासिकरुपमा कार्यक्रम सञ्चालन गरिनेछ । सामुहिक लगानी र रोजगारी सृजना गर्ने कार्यक्रमको लागि प्रोत्साहन गरिनेछ । विभिन्न सामाजिक, आर्थिक, स्वास्थ्य र वातावरण मैत्री जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
आर्थिक पारदर्शीता र सुशासनको ग्यारेन्टी
म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने दृढ संकल्प गर्दछौं र विगतमा भएका अनियमितता बेरुजु नियम विपरितका कार्यको भण्डाफोर गरी नियमअनुसार गर्ने गराउनेछौँ ।
सामाजिक उद्योग
स्थानीय आवश्यकताको पहिचान गरी समुदायद्वारा सञ्चालन गर्नेगरी सामूहिक उद्योग सञ्चालन गरी स्थानीयलाई नै रोजगारी दिने व्यवस्था मिलाइनेछ । सम्मान तथा पुरस्कार–उत्कृष्ट, क्षमतावान, ख्याती कमाएका वडावासीहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।
खेलकुदको विकास
वडामा रहेका सबै विद्यालयहरुबाट नै खेलकुदको विकास गरिनेछ र राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्ने खेलाडीहरूको तयारीमा कुनै कसर बाँकी राखिने छैन ।
हामीले गरेका जेजति प्रतिबद्धताहरु छन् त्यसलाई हुबहु कार्यान्वयन गर्न गराउन आम जनसमुदायको आवश्यक सल्लाह,सुझाव र सहयोगको अपेक्षा गर्दछौँ । साथै स्थानीय निर्वाचनमा हजुरहरूको अमुल्य मतको कारण राजनीतिक भविष्यसहितको यो समाजको सेवामा समर्पित हुन पाउँदा हामी आफैलाई भाग्यमानी ठान्दछौँ र राजनीति सेवा हो व्यवसाय होइन भन्ने कुराको पुष्टि हामी युवा तथा महिलाहरुले गर्ने कुराको विश्वास दिलाउन चाहन्छौँ । धन्यवाद ।
जय नेपाल ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्