तनहुँमा १४ जनाले लिए प्रमुख पदबाट उम्मेदवारी फिर्ता
तनहुँ । तनहुँमा स्थानीय तहको प्रमुख पदका लागि उम्मेदवारी दिएका १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार जिल्लाका नौ स्थानीय तहको प्रमुखमा उम्मेद्वारी दिएका १४ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । चार जना उपप्रमुखको उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।
व्यास नगरपालिकाको प्रमुखबाट दुई जनाको उम्मेदवारी फिर्ता भएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताए । उनका अनुसार नेकपा एकिकृत समाजवादी पार्टीबाट मेयरमा उम्मेदवारी दिएका शंकरनारायण श्रेष्ठ र स्वतन्त्र उम्मेद्वारी दिएका वृषराज श्रेष्ठले फिर्ता लिएका छन् ।
शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका एकिकृत समाजवादीका कमल गैरे र जनता समाजवादी पार्टीका पुण्यबहादुर हिराचनको उम्मेदवारी फिर्ता भएको छ । शुक्लागण्डकीको उपमेयरबाट एकिकृत समाजवादीकी रेखा थापा बस्यालले पनि उम्मेदवारी फिर्ता लिइन् ।
भिमाद नगरपालिकामा कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका निरञ्जन खनालले फिर्ता लिएका छन् । उपमेयरमा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवारी दर्ता गराएकी मधुमाय ढकालले पनि फिर्ता लिएकी हुन् । भानुको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हरिबहादुर क्षेत्रीको उम्मेदवारी फिर्ता भएको छ ।
देवघाट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट शुसिला नेपाल र स्वतन्त्रबाट हिमालय पौडेल र सुकलाल गुरुङको उम्मेदवारी फिर्ता भएको छ । घिरिङको अध्यक्षबाट माओवादी केन्द्रका हरिहर अधिकारी, म्याग्देको अध्यक्षबाट स्वतन्त्र उम्मेद्वारी दिएका हिमकुमार मल्ल, बन्दीपुरको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका मानकाजी श्रेष्ठ र केशव अधिकारीले उम्मेदवारी फिर्ता लिए । बन्दीपुरको उपाध्यक्षमा एमालेबाट फुलमती थापा र स्वतन्त्रबाट लक्ष्मी गौतमको उम्मेदवारी फिर्ता भएको छ ।
जिल्लामा स्थानीय तहको प्रमुख बन्ने होडमा ७२ जना र उपप्रमुखको होडमा ५६ जना छन् । शुक्रबारको उम्मेदवारी फिर्तासँगै प्रमुख पदमा ५८ जना र उपप्रमुखमा ५२ जना चुनावी मैदानमा भिड्नेछन् ।
जिल्लामा आइतबार स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरेर ११५ जनाले उम्मेदवारी फिर्ता गरेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
जिल्लाको १० स्थानीय तह र ८५ वडाका लागि कुल एक हजार ७५१ जनाको उम्मेदवारी परेको थियो । कार्यालयका अनुसार ४६ जना वडाध्यक्ष, ३५ जना वडा सदस्य, महिला सदस्य १२ र दलित महिला सदस्य चार जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्