टोखा नगरपालिकाको मेयरमा १४ जनाको उम्मेदवारी
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा मेयरको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट मेयर पदका लागि १४ जनाको उम्मेदवारी परेको हो ।
टोखा नगरको निर्वाचन अधिकृत सविता शर्माले मेयर, उपमेरसहित २५१ जनाको उम्मेदवारी परेको राससलाई जानकारी दिइन् । उनका अनुसार नगर उपमेयरमा ६, वडाध्यक्षमा ५८ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी, वडा सदस्यमा ९७, महिला वडा सदस्यमा ४४ र दलित महिला सदस्यमा ३२ जनाको उम्मेदवारी परेको शर्माले बताइन् । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट प्रकाश अधिकारी मेयर र ज्ञानमाया डङ्गोल उपमेयरमा निर्वाचित भएका थिए ।
हाल नेकपा (एमाले) बाट वर्तमान मेयर अधिकारी र उपमेयर डङ्गोलको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसको तर्फबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।साविकको गोङ्गबु, धापासी, टोखा, झोर महाङ्काल गाउँ विकास समितिलाई समावेश गरेर स्थापना गरिएको टोखामा हाल ११ वडा रहेका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot, #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्