स्थानीय तहमा युवाको आकर्षण, फुयाँल बने कान्छो उम्मेदवार
काठमाडौं । यही वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा युवाको उपस्थिति बाक्लो देखिएको छ । काठमाडौं महानगरपालिकादेखि देशभरका पालिकाहरुमा युवा उम्मेदवारको लर्को लागेको पाइएको छ ।
सोही क्रममा काठमाडौंको तारकेश्वर नगरपालिकामा २२ वर्षीय नवीन फुयाँलले वडा सदस्यको पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन स्रोतबाट प्राप्त जानकारी अनुसार नवीन फुयाँल देशकै कान्छो उम्मेदवार बनेका छन् । तारकेश्वर नगरपालिका– ३ का स्थायी वासिन्दा फुयाँलले सोही वडाबाट वडा सदस्यमा उम्मेदवारी दिएका हुन् ।
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका फुयाँलको वडामा यसभन्दा अघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष विजयी भएका थिए ।
फुयाँल ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न हुनुका साथै नेपाली विद्यार्थी संघ काठमाडौं क्षेत्र नं ७ प्रदेश (ख) कार्यसमितिको सभापति रहेका छन् । फुयाँलले अग्रज पुस्ता आशीर्वाद र युवा पुस्ताको साथ सहयोगमा चुनाव जित्नेमा विश्वास लिएको बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्