तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता
दमौली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयनको दोस्रो दिन जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा उम्मेदवारी दर्ता भएको हो ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दलहरूले आज सबै पालिकामा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैको उम्मेदवारी परेको छ ।
भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी, उपप्रमुखमा उमा गोतामे, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा धु्रवलाल प्रधान, उपाध्यक्षमा सविता गुरुङ, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा गिरबहादुर थापा, उपाध्यक्षमा पवित्रा गौली, देवघाटको अध्यक्षमा तिलबहादुर थापाको उम्मेदवारी परेको छ ।
म्याग्दे गाउँपालिकाको अध्यक्षमा माया राना, उपाध्यक्षमा पवित्रा घिमिरे, ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, भिमाद नगरपालिकाको उपप्रमुखमा मिलन आले, घिरिङ गाउँपालिकाको अध्यक्षमा गङ्गा कुमाल र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा कृष्णराज पण्डितको उम्मेदवारी परेको छ ।
कांग्रेसले भिमादको प्रमुख र घिरिङ गाउँपालिकाको उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी) लाई छाडेको छ भने शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख माओवादी केन्द्रलाई छाडेको छ ।
नेकपा (एमाले) र गोविन्दराज जोशी समूहबाट व्यास नगरपालिकाको प्रमुखमा दीपकराज जोशी र उपप्रमुखमा बसुन्धरा घर्तीको उम्मेदवारी दर्ता भएको छ । देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा, उपाध्यक्षमा सावित्री न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा ऋषि केसी, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा र उपाध्यक्षमा फूलमति थापाको उम्मेदवारी परेको छ ।
भानु नगरपालिकाको प्रमुखमा सीताराम बजगाइँ, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्षमा रत्ना घिमिरे, शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा मुक्ति तिमिल्सिना, उपप्रमुखमा फूलमाया वाग्ले, भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, ऋषिङ गाउँपालिकाको अध्यक्षमा हरिराज कँडेल, घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारीको उम्मेदवारी दर्ता भएको छ ।
नेकपा (माओवादी केन्द्र) बाट व्यास नगरपालिकाको प्रमुखमा अतिन्द्रकेशरी न्यौपाने, उपप्रमुखमा देवा सुर्खाली, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा, उपाध्यक्षमा करुणा गुरुङ, म्याग्दे गाउँपालिकाको अध्यक्षमा दिलीपकुमार श्रेष्ठ, उपाध्यक्षमा दुर्गा थापाको उम्मेदवारी दर्ता भएको छ ।
नेपाली कांग्रेसको गठबन्धनबाट शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा माओवादीबाट खुमबहादुर विकको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसकै गठबन्धनबाट भिमाद नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का काजीमान श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ भने घिरिङ गाउँपालिकाको उपाध्यक्षमा पूर्णबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्