Techie IT
शुक्रबार, भदौ २६,२०८३

भक्तपुरमा प्रमुख र उपप्रमुख गरी १२ जनाले दिए उम्मेदवारी


भक्तपुर । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारी दर्ता गर्ने आइतबार पहिलो दिन भक्तपुर जिल्लामा ११ जनाले नगरप्रमुखका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाका चार वटा नगरपालिकामा ११ जनाले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्कोटाले जानकारी दिए ।

भक्तपुर नगरपालिकाको लागि तीन प्रमुख, एक उपप्रमुख र आठ जनाले वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् भने मध्यपुरथिमि नगरपालिकाको प्रमुखका लागि चार जनाले प्रमुखमा, एक जनाले उपप्रमुखमा, एक जनाले वडाध्यक्ष र दुई जनाले सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी चाँगुनारायण नगरपालिकामा दुई प्रमुख, एक उपप्रमुख, दुई वडाध्यक्ष र सूर्यविनायक नगरपालिकामा दुई प्रमुख तथा दुई वडाध्यक्षले उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा ६ राष्ट्रिय दल र अन्य २८ दलसहित ३४ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका कार्यालय प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले बताए ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्