एमाले धमाधम उम्मेदवारी दर्ता गर्दै, गठबन्धन सिट बाँडफाँडमै रोमलियो
झापा । झापामा नेकपा एमालेले १५ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएर आइतबार अधिकांश स्थानीय तहमा उम्मेदवारी दर्ता गरायो । केही स्थानीय तहमा उम्मेदवारी टुंगो लगाए पनि सोमबार मात्र उम्मेदवारी दर्ता गर्नेछ । सबैले चासोका साथ हेरेको एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमाले केन्द्रीय सदस्य तथा हालकी उपप्रमुख गीता अधिकारीले नगर प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराइन् ।
गठबन्धनका दलले एमाले अध्यक्ष ओलीको गृहनगर भएका कारण पनि दमकमा चुनाव लड्ने योजना बनाएका छन् । दमकमा अघिल्लो स्थानीय तह निर्वाचनमा दोस्रो दलका रूपमा रहेको राप्रपालाई पनि सँगै लिएर जाने निणर्य गरेको छ ।
तर, राप्रपाले नगरप्रमुख पदको अडान छाडेको छैन । स्रोतका अनुसार जिल्लास्तरीय चार दलीय गठबन्धनले दमकमा माओवादीलाई नगरप्रमुख दिने टुंगो लगाएको छ । यो नगर प्रमुख पद राप्रपालाई दिएर गठबन्धन गर्दै अघि बढ्ने तयारी भइरहेको दमकका एक माओवादी नेताले जनाए ।
झापाका सबै स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाइसक्दा पनि सत्ता गठबन्धनका दलले भने सिट बाँडफाँटको काम पनि सकेका छैनन् । केही हप्ताभन्दा लामो समयदेखि निरन्तर सिट बाँटफाँटको प्रयासमा सक्रिय पाँच दलीय गठबन्धनले उम्मेदवारी मनोनयनको दिनसम्म पनि सिट बाँडफाँडको काम नसकेको हो ।
पाँच दलीय गठबन्धनभित्रै खटपट हुँदा भागबन्डा सकिएको छैन । नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धनका दलले अपमान गर्न खोजेको भन्दै एक्लै लड्ने बताउँदै आएको छ । आइतबार गठबन्धनका दलका कोही पनि उम्मेदवारले उम्मेदवारी दर्ता गराइनसकेको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिए । ‘गठबन्धनका दलका कोही उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छैनन् । भोलि मात्र गराउने हो,’ उनले भने ।
उनका अनुसार अझै सिट बाँडफाँटको काम सकिएको छैन । ‘सिट बाँडफाँटको काम सकिएको छैन, आज रातिसम्म भए पनि जसरी बाँटफाँटको काम सक्छौँ,’ उनले भने, ‘छलफल निरन्तर भइरहेको छ ।’
जिल्लाको गठबन्धनको दलले सिट बाँडफाँडको सिफारिसका लागि कांग्रेस सचिव हुमागाईंको संयोजकत्वमा चार सदस्यी कार्यदल बनाएको छ । कार्यादलमा केही समयदेखि निरन्तर छलफल भइरहेको छ । कार्यदलमा भएको छलफलमा केही दलले असन्तुष्टि पनि जनाएका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्