एमालेले टुंग्यायो मनाङमा उम्मेदवार
लमजुङ । नेकपा (एमाले) ले मनाङमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार टुंग्याएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले जिल्लामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुंग्याएको हो ।
एमालेले मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घलेलाई दोहोर्याउने भएको छ । उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाएका छन् ।
चामे गाउँपालिकामा पनि लोकेन्द्र घले नै अध्यक्षमा दोहोरिने भएका छन् । उपाध्यक्षमा आशकुमारी गुरुङ, नासों गाउँपालिका अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्षमा अर्विन गुरुङ (स्वतन्त्र) उम्मेदवार बन्ने भएका छन् ।
यसअघि सर्वसम्मत नेतृत्व चयन भएको नार्पाभूमि गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार उठाउने एमालेको तयारी छ । मनाङका ४ गाउँपालिकामा २८ वटा वडा छन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालले मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकामा चुनाव जितेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्