तनहुँका जनप्रतिनिधिले दिए धमाधम राजीनामा
तनहुँ । तनहुँका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिएसँगै फेरि स्थानीय तहको जनप्रतिनिधिमा दोहोरिन चाहानेले राजिनामा दिइरहेका हुन् ।
११ र १२ वैशाखमा उम्मेद्वारको मनोनयन दर्ताको मिति निर्वाचन आयोगले तोकेको छ । बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने सर्वोच्चले फैसला गरेसँगै जनप्रतिनिधिले राजीनामा दिन थालेका हुन् ।
शुक्लागण्डकी नगरपालिकाका १९ जना जनप्रतिनिधीले राजीनामा दिएका छन् । शुक्रबारसम्ममा राजीनामा दिनेमा पाँच जना वडाध्यक्ष पनि छन् ।
शुक्लागण्डकी–४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ, शुक्लागण्डकी–५ का दिर्घबहादुर थापा, ८ का कृष्णप्रसाद रेग्मी, १० का रामचन्द्र भण्डारी र १२ का वडाध्यक्ष मनराज गुरुङले राजीनामा दिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले जानकारी दिए । वडाध्यक्ष श्रेष्ठ, थापा, रेग्मी, भण्डारी र गुरुङ फेरी वडाध्यक्षमै दोहोरिन चाहान्छन् ।
रेग्मी र भण्डारीले पाएसम्म उपमेयरमा पनि आकांक्षा देखाएका छन् । बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले पनि राजीनामा दिएका छन् । गाउँपालिकाको उपाध्यक्षका आकांक्षी उनले शुक्रबार गाउँपालिका अध्यक्ष पूर्णसिं थापासमक्ष राजीनामा बुझाएका हुन् ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्