Techie IT
मंगलबार, वैशाख ३०,२०८२

काठमाडौं–१० को वडाध्यक्षमा एमालेबाट अशोक कार्कीको दाबी


काठमाडौं । यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका नेताहरु उम्मेदवारको दौडधुपमा छन् । हार या जित जे भए पनि टिकट लिएर उम्मेदवारको दाबी विभिन्न दलका नेताहरुले गरिरहेका छन् ।

यसै सन्धर्वमा काठमाडौं महानगरपालिका– १० को वडाध्यक्षमा एमालेबाट अशोक कार्कीले दाबी गरेका छन् । बानेश्वर निवासी कार्की एमाले जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज समेत हुन् । लामो समयदेखि राजनीतिमा लागेर पार्टीको सिपाहीको रुपमा सक्रिय उनले विभिन्न समाज सेवा गरेको बताए ।

नेता कार्कीले विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरि जनताकोबीचमा गएर जनताका समस्या तथा जनताले प्रयोग गर्दै आएको बाटो निर्माण गरेको बताए । उनले आगामी स्थानीय निर्वाचनमा जनताकै चाहना अनुसार सशक्त रुपमा वडाध्यक्ष पदको लागि उम्मेदवारी दिन लागेको बताए ।

चुनाव जितेपछि नेता कार्कीले पार्टीको निर्देशन जनताकहरुको माग अनुसार महत्वपूण भूमिका निभाउने बताए । साथै, उनले हाल उक्त वडामा आएका जनप्रतिनिधिबाट जनता सन्तुष्ट नभएको र आगामी नेतृत्व पनि जनताले माग गरेको दाबी गरे । उक्त वडामा अन्य दलले एमालेलाई राम्रो काम गर्नबाट पछि पारेको समेत कार्कीले आरोप लगाए ।


क्याटेगोरी : स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:14 am6:45 pm +0545