एमालेले पञ्चेश्वरमा सबै उम्मेदवारको टुंगो लगाएर जुट्यो प्रचारप्रसारमा
काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा (एमाले) ले सबै उम्मेदवारको टुंगो लगाएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारमा पुरानै दोहोरिएका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष गोरखबहादुर चन्द र उपाध्यक्षमा बीना भट्टको नाम सर्वसम्मत चयन भएको छ ।
यसैगरी वडा नम्बर १ को अध्यक्षका लागि प्रमलसिंह घटाल, वडा नम्बर २ को अध्यक्षमा अर्जुनसिंह मंगोला, वडा नम्बर ३ को अध्यक्षका लागि मीनबहादुर चन्द, वडा नम्बर ४ का लागि जनकबहादुर चन्द, वडा ननम्बर ५ का लागि प्रकाश चन्द र वडा नम्बर ६ को अध्यक्षका लागि रामसिंह पुजारालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
गाउँपालिकाका सबै उम्मेदवार सर्वसम्मत रुपमा पालिका कमिटीले टुंगो लगाएको एमाले गाउँपालिका कमिटी अध्यक्ष प्रकाश चन्दले बताए । सबै उम्मेदवारका विषयमा छलफल भएपछि पालिका कमिटीले नै सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाई दैनिक प्रचार प्रसारमा जुटेको उनले बताए ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्