नेकपा एसबाट बुढानिलकण्ठको उपमेयरमा उम्मेदवार बन्लान् त धुर्वराज न्यौपाने ?
काठमाडौं । यही बैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनको लागि विभिन्न राजनीतिक दलबाट सम्भावित दावेदार चर्चा चलेको छ ।
सोही निर्वाचनलाई लक्षीत गरि बुढानिलकण्ठ नगरपालिकामा पनि पाँच दलीय गठबन्धनका लागि विभिन्न चरणमा भइरहेको छलफल र विभिन्न विकल्पबारे बहस चलेको छ ।
पछिल्लो चरणमा भएको छलफलमा नेकपा एकीकृत समाजवादी पार्टीले बुढानिलकण्ठ र कागेश्वरी मनोहरासहित चार नगरपालिकामा प्रमुख दाबी गरे पनि बुढानिलकण्ठमा उपमेयर पाउने सम्भावना बढेपछि सम्भावित उम्मेदवारका वारेमा पनि चर्चा सुरु भएको हो ।
बुढानिलकण्ठ नगरपालिकामा नेकपा एसले उपमेयर पाउने सम्भावना बढेपछि सो पदमा नेकपा एसका काठमाडौं जिल्ला कमिटी उपसचिव एवं काठमाडौं क्षेत्र नम्बर ४ का अध्यक्ष धुर्वराज न्यौपानेलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।
हाल नेकपा एस मात्र नभई पाँच दलीय गठबन्धन दलहरुमा समेत न्यौपानेको सम्भावित उम्मेदवारीबारे छलफल भइरहेको गठबन्धनका एक नेताले बताए ।
साविक कपन गाविसमा तत्कालिन नेकपा एमालेको तर्फबाट तीन कार्यकाल प्रमुखका रुपमा नेतृत्व गरेका न्यौपाने जिल्ला खेलकुद विकास समिति काठमाडौंका पूर्वअध्यक्ष पनि हुन् । नेपाल कुराँस संघका केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने तत्कालिन नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ को सचिवमा निर्वाचित भएका थिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #बुढानिलकण्ठको उपमेयर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्