एमाले लमजुङमा चार नगरपालिको प्रमुखमा २३ र उपप्रमुखमा १२ जना आकांक्षी
लमजुङ । स्थानीय तह निर्वाचनमा एमाले लमजुङमा आकांक्षी बढी भएसँगै उम्मेदवार छनोटमा सकस बनेको छ । लमजुङमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा गठबन्धनमा रहे पनि एमालेका तर्फबाट नेतृत्व लिन धेरैले आकांक्षा देखाएका छन् । एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले स्थानीय तह चुनावमा आकांक्षी धेरै देखिएको बताए ।
उनका अनुसार वडाध्यक्षदेखि पालिका प्रमुखसम्म २ भन्दा बढीले आकांक्षा व्यक्त गरेका छन । ७५ वटा वडामध्ये अधिकांश वडामा २ भन्दा बढीले आकांक्षा व्यक्त गरेका छन् ।
चार नगरपालिका र ४ गाउँपालिकाको प्रमुख र उपप्रमुख साथै अध्यक्ष र उपाध्यक्षमा सहमति हुन सकेको छैन । ४ नगरपालिकामा २३ जनाले प्रमुख र १२ जनाले उपप्रमुखमा दाबी गरेका छन । चार गाउँपालिकामा १४ अध्यक्ष र १५ जनाले उपाध्यक्षमा दाबी गरेका छन् ।
बेंसीसहर नगरपालिकाको प्रमुख पदका लागि हालका प्रमुख गुमानसिंह अर्याल, पार्टीका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपप्रमुख लक्ष्मीदेवी अधिकारी, गोविन्द बस्नेत, राजेन्द्र बोहरा र राजकुमार श्रेष्ठ गरी ६ जनाको दाबी छ । उपप्रमुखमा पद्ममा गुरुङ, पवित्रा थापा राना र मनमाया गुरुङ गरी ३ जनाले दाबी गरेका छन् ।
सुन्दरबजार नगरपालिका प्रमुखमा वर्तमान प्रमुख जनकराज मिश्रसहित ७ जनाले दाबी गरेका छन । उपप्रमुखमा लक्ष्मी पोखरेल, शान्ता सापकोटा र भवानी केसी गरी ३ जनाले दाबी गरेका छन् ।
मध्यनेपाल नगरपालिका प्रमुखमा हालका उपप्रमुख राजकुमार श्रेष्ठसहित ६ जना आकांक्षी देखिएका छन् । सीता गुरुङ र लक्ष्मी घिमिरे गरी २ जनाले उपप्रमुखमा दाबी गरेका छन् ।
राइनास नगरपालिकामा हालका नगरप्रमुख सिंहबहादुर थापासहित ४ जनाले प्रमुख पदमा दाबी गरेका छन् । उपप्रमुखमा पनि ४ आकांक्षी छन् । मस्र्याङ्दी गाउँपालिका अध्यक्षमा हालका अध्यक्ष अर्जुन गुरुङलगायत ३ जना र उपाध्यक्षमा पनि ३र३ जनाले दाबी गरेका छन् ।
दोर्दी गाउँपालिकामा पार्टी गाउँकमिटी अध्यक्ष युवराज अधिकारीलगायत ४ र उपाध्यक्षमा ५ जनाले आकांक्षा देखाएका छन् । दूधपोखरी गाउँपालिकामा ६ जनाले अध्यक्षमा र ३ जना उपाध्यक्षमा आकांक्षा देखिएका छन् । क्व्होलासोंथर गाउँपालिका अध्यक्षमा हालसम्म सूर्य गुरुङले मात्रै अध्यक्षमा दाबी गरेका छन् ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्