गठबन्धन दलहरुबीच मुगुमा हुन सकेन सहमति
मुगु । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा मुगुका चार दल छलफलमै व्यस्त छन् । केन्द्रबाटै जिल्लामा स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनेर सर्कुलर भएपछि यहाँ गठबन्धन दलका नेताहरु छलफलमा व्यस्त बनेका हुन् ।
तालमेलको विषयमा छलफल गर्न नेपाली कांग्रेसका जिल्ला सभापति ऐन बहादुर शाही, एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य कर्णाली प्रदेशका सह ईन्चार्ज तथा प्रदेश सरकारका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर शाही, नेकपा माओवादि केन्द्र र जसपाका जिल्ला स्तरीय नेताहरु छलफलमा जुटेका हुन् ।
उनीहरुले तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गरेको करिब एक हप्ता भइ सकेको छ । तर, हालसम्म टुगो लाग्न सकेको छैन । शुनिबार दिउँसो बसेको गठबन्धनको बैठकमा पनि कुनै सहमति जुट्न सकेन ।
बैठक आइतबार विहान ७ बजे पुन बस्ने कांग्रेसका जिल्ला सभापति शाहीले बताए । ‘हामी भोलि नै टुंगो लगाउँछौं, र भोलि नै केन्द्रमा तालमेलको विषयमा जानकारी गराउँछौँ’, उनले भने ।
निर्वाचन नजिकिँदै जादा यति खेर उम्मेवादार छनोटमा जानु पर्ने हो । तर उनीहरु उम्मेदवार त परै जाओस् तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा समेत सहमत हुन सकेका छैनन् । कर्णाली प्रदेशका सत्तारूढ दलहरुले आज भागबण्डाको लागि निर्णयक छलफल सुरु गरेका छन् ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्