कर्णालीमा चुनावमा भाग लिने दलको सङ्ख्या न्यून
जाजरकोट । विकास निर्माणमा पछाडि परेको भनिएको कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको सङ्ख्यासमेत न्युून देखिएको छ ।
अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको सङ्ख्या कर्णालीमा न्यून देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् ।
रुकुमपश्चिममा १२, सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिनुभयो ।
उल्लेखित दलहरूले मात्रै निर्वाचनमा चुनाव चिह्न पाउनेछन् भने बाँकीले अन्य दलको चुनाव चिह्नमा निर्वाचन लड्नुपर्ने छ । डोल्पामा महिला मतदाता सङ्ख्या ११ हजार ३७९ र पुरुष ११ हजार ६१ रहेको छ ।
त्यस्तै सुर्खेतमा महिला मतदाता संख्या एक लाख ११ हजार ७१८ र पुरुष एक लाख ६३ हजार २५ रहेको छ । रुकुमपश्चिममा महिला ४५ हजार ७९९ र पुरुषको सङ्ख्या ४६ हजार ५४७ रहेको छ ।
सल्यानमा महिला मतदाता सङ्ख्या ७७ हजार ८११ र पुरुषको सङ्ख्या ७९ हजार ९०४ रहेको छ । मुगुमा महिला १६ हजार ७९५ र पुरुषको सङ्ख्या १८ हजार १६७ रहेको छ ।
जाजरकोटमा महिलाको सङ्ख्या ४९ हजार नौ, पुरुषको सङ्ख्या ५४ हजार ८५८ रहेको छ । त्यस्तै दैलेखमा महिला मतदाता सङ्ख्याको सङ्ख्या ७४ हजार ६८९ रहेको छ भने पुरुषको सङ्ख्या ७४ हजार ३८ रहेको छ ।
कर्णाली प्रदेशभरिको महिला मतदाता सङ्ख्या चार लाख ४९ हजार ३० रहेको छ भने पुरुषको सङ्ख्या चार लाख ५९ हजार ४०१ रहेको छ । नौ लाख आठ हजार ४३३ जनाले आसन्न चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जानकारी दिएको छ । जुम्ला, हुम्ला र कालिकोटको मतदाता सङ्ख्या प्रदेश निर्वाचन कार्यालयको वेबसाइटमा राखिएको छैन ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्