Techie IT
सोमबार, भदौ २२,२०८३

भन्सार छलेर ल्याएको २० लाखको बिस्कुटसहित कन्टेनर चालक पक्राउ


काठमाडौं । झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले अनुसार गए राति भारतबाट नेपाल भित्रिदै गरेको आर जे १८ जी वी ३७२१ नम्बरको भारतीय कन्टेनर जाँचका क्रममा कागजात नभेटिएपछि चालक शिशराम गोर्सीलाई नियन्त्रणमा लिएको जबनकारी दिए ।

आवश्यक कारबाहीका लागि कन्टेरनसहित चालक गोर्सीलाई प्रहरीले मेची भन्सार कार्यालय काँकरभिट्टाको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्