तारकेश्वर काँग्रेसको तीन वडाबाट सर्बसम्मत उम्मेद्वार सिफारिस
तारकेश्वर काठमाडौं । नेपाली कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि तारकेश्वर नगरपालिका वडा नं २ , ८ र ११ को वडा अध्यक्षका उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
सोमबार बसेको कार्यसमितिको बैठकले वडा नं २ बाट राधाकृष्ण खड्गी, वडा नं ८ बाट श्याम कृष्ण सापकोटा तथा वडा नं ११ बाट कविराज बस्नेतको नाम सर्वसहमतिले सिफारिस गरेको हो । वडा अध्यक्षमा अन्य नेताहरुले पनि आकांक्षा राखेपनि अन्तिममा ख्डकी, सापकोटा र बस्नेतको नाम सिफारिस भएको हो ।
सिफारिस भएका उम्मेद्वारहरु मध्ये बस्नेतल र खड्की अघिल्लो निर्वाचनमा पनि वडा अध्यक्षमा लडेका थिए । त्यति बेला उनी एमालेका उम्मेद्वार विन्दा बुढाथोकीसँग ७ मतले पराजित भएका थिए भने वडा नं २ का उमेद्धवार खड्गी तत्कालीन एमालेको तर्फवाट उम्मेदवार रहेका रबिन्द्र केसी संग पराजित बनेका थिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #उम्मेद्वार सिफारिस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्