टोखा नगरपालिका– ९ ले स्मारीका प्रकाशन गर्न लागेको भन्दै प्रमुख प्रशासकीय अधिकृत पाठकले दिए शुभकामना
काठमाडौं । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर राज पाठकले टोखा नगरपालिका–९ ले वडा स्मारीका प्रकाशन गर्न लागेकोमा शुभकामना दिएका छन् ।
उनले वडा नम्बर ९ कार्यालयले आफ्नो स्थानीय विविधता, विशिष्टता, आवश्यकता र हालसम्म भएका विकास गतिविधि एवं यस क्षेत्रका बौद्धिक प्रतिभाहरुको विचार र सृजनालाई समेत समेटेर वडा स्मारीका प्रकाशन गर्न लागेको भन्दै शुभकामना व्यक्त गरेका हुन् ।
यस्तो छ प्रमुख प्रशासकीय अधिकृत पाठकको शुभकामना
संघीय लोकतान्त्रिक शासन व्यवस्था कार्यान्वयनको क्रममा नागरिकको नजिकको सरकारका रुपमा यस टोखा नगरपालिका गठन भएको हो । नगरपालिकाको घोषणापछि सम्पन्न पहिलो आम निर्वाचनबाट नागरिकप्रति उत्तरदायी सरकारको गठन भई हाल सञ्चालनमा रहेको छ ।
११ वटा वडामा कायम रहेको यस नगरपालिकाको एउटा अलग्गै ऐतिहासिक, सांस्कृतिक र भौगोलिक विशेषता रहीआएको छ । अधिकांश शहरी क्षेत्र रहेको यस नगरपालिकाको ११ वटा वडाहरुमध्ये वडा नम्बर ९ कार्यालयले आफ्नो स्थानीय विविधता, विशिष्टता, आवश्यकता र हालसम्म भएका विकास गतिविधि एवं यस क्षेत्रका बौद्धिक प्रतिभाहरुको विचार र सृजनालाई समेत समेटेर वडा स्मारीका प्रकाशन गर्न लागेको कार्यको उच्च प्रशंसा गर्दछु ।
यसबाट वडाभित्र भएका महत्वपूर्ण विकास गतिविधिका अतिरिक्त बौद्धिक प्रतिभाहरुको प्रयासलाई समेत उजागर गर्ने विश्वास लिएको छु । जसबाट वडा कार्यलयको आगामी कार्यदिशा निर्धारण गर्नका अतिरिक्त अन्य वडा कायाृलयलाई समेत यस्तै सकारात्मक र रचनात्मक प्रयासहरुमा अग्रसर हुन मार्ग प्रशस्त हुने नै छ ।
साथै, वडा कार्यालयको यो प्रयासबाट सिंगो टोखा नगरपालिकाको एउटा महत्वपूर्ण बौद्धिक सम्पत्ति तयार भएकोमा गौरवान्वित समेत भएको छु ।
अन्त्यमा, यो महत्वपूर्ण कार्यका लागि अथक प्रयास गर्ने वडाध्यक्ष ज्यु, वडा सदस्य ज्युहरु, कार्यरत कर्मचारी ज्युहरु, लेख रचना उपलब्ध गराउने प्रतिभाशाली व्यक्तिका साथै सहयोगी र शुभेच्छुक सबैमा धन्यवाद ज्ञापन गर्दै वडा नम्बर ९ को उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दछु ।–
शंकर राज पाठक
प्रमुख प्रशासकीय अधिकृत
टोखा नगरपालिका
क्याटेगोरी : स्थानीय
ट्याग : #hot, #स्मारीका प्रकाशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्