भरतपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
भरतपुर । भरतपुर महानगरपालिका–७ स्थित हेल्थपोष्ट चोकदेखि प्रेमबस्ति चोकतर्फ जाँदै गरेको बा ६३ प ७४०६ नम्बरको मोटरसाइलकल अनियन्त्रित भई ठेला गाडा र स्कुटरमा ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
तीव्र गतिको मोटरसाइकलले अनियन्त्रित भएर दूध बोकेको ठेलागाडा र रोकिराखेको बागमती प्रदेश ०३–०४ प ५३२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर–१५ फुलबारीका २५ वर्षीय एक्सन गौतम रहेका छन् । गौतमको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट ठेलागाडामा दूध बोकेर प्रेमबस्ती चोकतर्फ आउँदै गरेका भरतपुर–७ स्थित युनिक गाईफार्ममा कार्यरत ४६ वर्षीय प्रकाश आले घाइते भएका छन् ।
उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । स्कुटर रोकेर आडैमा बसेकी स्कुटर चालक भरतपुर–७ कि गिता पौडेल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्