कांग्रेसले गढ भनेको कुन्चीप्वाकलमा एमालेको उत्साहजनक टोल कमिटि
तारकेश्वर काठमाडौ । नेकपा एमाले वडा कमिटी १ अन्र्तगत साङ्गला कुन्चीप्वाकल टोल कमिटि गठन भएको छ ।
जिल्ला कमिटि काठमाडौंको परिपत्र र स्थानीय निकायको निर्वाचन तोकिएसंगै एमालेले आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको वडा नं १ का ईन्चार्ज बिदुर सापकोटाले बताए ।
जस अनुसार संघीय , स्थानिय र प्रदेश चुनावमा निकै महत्वका साथ लिइने कुन्चीप्वाकलमा टोल कमिटि गठन भएको छ ।
नेपाली कांग्रेसले आफ्नो गढ भनेर प्रचारबाजी गर्दे आएको कुन्चीप्वाकल टोल कमिटीको अध्यक्षमा बिवेक तिमलसिना , उपाध्यक्षमा बिकास लामा , जीवना कार्की , राजेश्वर देवकोटा , अनोज तिमिल्सिना , सूर्य कुमार तामाङ्ग , सचिवमा रोशन तामाङ्ग, उपसचिवमा मधु देवकोटा , संगीता लामा सहित ५१ सदस्य रहेका छन ।
भेलामा जिल्ला कमिटि सदस्य भैरव सापकोटा , नगर कमिटि उप सचिव सरस्वती जोशी , नगर कमिटि सचिवालय सदस्य पुकार तिमलसिना , वडा कमिटिका सचिव प्रकाश ढकाल , कार्यालय सचिव रामकुमार अधिकारी लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोल कमिटि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्