ताराचन्द्र बजगाइँ ‘निशान’ कांग्रेस मकवानपुरको ‘कान्छो पदाधिकारी’
नेपाली कांग्रेस मकवानपुर सहसचिवमा निर्वाचित ताराचन्द्र बजगाइँ ‘निशान’ ‘कान्छो पदाधिकारी’ रहेका छन् । विद्यार्थी संगठनबाट औपचारिक रुपमा राजनीति थालेका ३४ वर्षीय बजगाइँ १६ फागुनमा भएको जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका हुन् ।
बुद्ध लामा सभापतिमा निर्वाचित हुँदा उनी सहसचिवमा विजयी भएका हुन् । लामा र बजगाइँ संस्थापन समूह (देउवा समूह)बाट पदाधिकारिमा निर्वाचित भएका हुन् भने बाँकी संस्थापनइतर समूहबाट विजयी भएका छन् । ‘सहसचिवमा निर्वाचित भएपछि जिल्लाको कान्छो पदाधिकारी बनेको छु,’ उनले भने । टेलिसिरियल मेरी बास्सैकी मैयाँ अर्थात् सुनीता गौतमका श्रीमानसमेत रहेका बजगाइँ कलाकारिता र समाजसेवा गर्दै राजनीतिमा सक्रिय रहेका छन् ।
२०६१ सालमा पशुपति बहुमुखी क्याम्पस चावहिलको नेविसंघ इकाइ उपसभापति जिम्मेवारी सम्हालेर औपचारिक रुपमा राजनीतिमा सक्रिय भएका उनी अहिले कांग्रेस मकवानपुरको सहसचिवको जिम्मेवारी पाएका छन् । राजनीतिलाई समाजसेवामा समर्पित गर्ने बताएका उनले आफूले पाएको जिम्मेवारी निर्वाहमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
गत मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधिसमेत बनेका उनी अहिले जिल्लामा सक्रिय रुपमा राजनीतिमा होमिएका छन् ।
कोरोनाभाइरस संक्रमण महामारीमा आइसोलेसन सेन्टर निर्माण गर्दै जनताको सेवामा खटिएका उनी अहिले पनि समाजसेवामा सक्रिय छन् । समाजसेवी र सफल चलचित्र निर्माताको परिचय बनाइसकेका उनी अहिले सक्रिय राजनीतिमा रहेर नै समाजसेवामा लाग्ने बताउँछन् ।
मेरी बास्सैमा समेत अभिनय गरेका उनी चलचित्र ‘वडा नम्बर छ’, ‘छ एकान छ’को १, २ र ३ तथा ‘छ माया छपक्कै’ निर्मातासमेत हुन् । उक्त चलचित्रले उनलाई सफल निर्माता बनायो । कलाकार, निर्माता, समाजसेवी हुँदै अब कांग्रेसको जिल्लाको जिम्मेवारी पाएका उनी आफूले पाएको जिम्मेवारी पूरा गरेरै छाड्ने अठोट गर्छन् ।
उनी बागमती–३ मा रहेको बुद्ध माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत हुन् । आफू अध्ययनरत विद्यालयको अध्यक्षताको जिम्मेवारी पाएका उनले विद्यालयमा सकारात्मक परिवर्तन ल्याएका छन् ।
पद पाउनुभन्दा जिम्मेवारी पूरा गर्नु महत्वपूर्ण रहेको भन्दै उनले आफूले पाएको विद्यालय र पार्टीप्रतिको कर्तव्य र जिम्मेवारी पूरा गर्ने बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #कांग्रेस मकवानपुर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्