तारकेश्वरमा प्रथम मेयर कप कराते प्रतियोगिता सुरु
काठमाडौं । तारकेश्वरमा प्रथम मेयर कप तथा अन्तर नगर कराते प्रतियोगिता २०७८ आजबाट सुरु भएको छ । मनमैजु मन्दिर प्राङ्गणबाट शुरु भएको सो प्रतियोगिताको नगर प्रमुख रामेश्वर बोहराले उद्घाटन गर्नुभएको छ ।
तारकेश्वर नगर खेलकुद विकास समितिका प्रमुख बलराम सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा तारकेश्वर ९ र १० का जनप्रतिनिधिहरु र नेपाली काँग्रेस तारकेश्वर नगर सभापति कृष्णहरि महर्जन लगायतका तारकेश्वरका राजनीतिक दलका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन भन्दा अगाडी खेलाडीहरुले ¥याली गरेका थिए ।
वादोकाइ कराते डो संघ नेपालको आयोजना र तारकेश्वोर नगरपालिकाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नेपाल अधिराज्य भरका ३१ वटा नगरपालिकाबाट जम्मा १९० जना खेलाडीहरु सहभागीता रहेको छ ।

प्रतियोगितामा पुरुष ५५ केजिमा निलकन्ठ नगरपालिकाका मीन बहादुर तामाङले तारकेश्वोर नगरपालिका साहिल घलेलाई पराजित गर्दै स्वर्ण पदक हासिल गर्न सफल भएका छ्न् भने महिला ६१ केजिमा नागार्जुन नगरपालिकाका रमिता माझीले तारकेश्वोरका सम्झना पौडेललाई पराजित गर्दै प्रथम हुन् सफल भएकी छिन् ।
पुरुष खुल्ला र महिला खुल्ला तर्फ दुबै स्वर्ण तारकेश्वोरले हात पारेका छ्न् । जसमा अनिश लामिछाने र एरिका गुरुङ विजयी भएका छन् । त्यस्तैगरि काता बिधाको पुरुषमा गोलबजार नगरपालिकाका बल्लु रायन र महिला कातामा सिद्धिचरण नगरपालिकाका रोस्मा राई प्रथम हुन् सफल भएकी छ्नि ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot, #तारकेश्वरमा प्रथम मेयर कप कराते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्