सिफलमा नवजीवन युवा क्लब र वातावरणमैत्री समाजको रक्तदान कार्यक्रम
काठमाडौंको सिफलमा ६० जनाद्वारा रक्तदान शिवरात्रिको अवसर पारेर काठमाडौंको नवजीवन युवा क्लब र वातावरणमैत्री समाजले संयुक्त रूपमा रक्तदान कार्यक्रम गरेका छन् ।
सिफलमा शनिबार राखिएको कार्यक्रममा ६० जनाले रगत दान गरेका क्लबका अध्यक्ष प्रतीक श्रेष्ठले जानकारी दिए ।
आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने योजना उनले सुनाए । वातावरणमैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रले कोरोना महामारीको असरले अस्पतालहरूमा रगत अभाव भएकाले संकलित रगतबाट बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पुगेका एमाले नेता राजन भट्टराईले सेवमुखी काममा युवाहरूको सक्रियताको प्रसंशा गरे । ‘अस्पतालमा कतिपय बिरामी रगत नपाएर तड्पिरहेका बेला तपाईंहरूले संकलन गरेको रगतले उनीहरूको ज्यान बचाउन सक्छ ।
आगामी दिनमा पनि परोपकारका यस्ता कामलाई निरन्तरता दिनुहोला’, भट्टराईले भने । समाजका अध्यक्ष मिश्रले यो आफूहरूको पाँचौँ रक्तदान कार्यक्रम भएको बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #रक्तदान कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्