युवा संघ नेपाल तारकेश्वर नगरपालिका १ को रक्तदान कार्यक्रम
नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल तारकेश्वर नगरपालिका वडा नं १ ले राष्ट्रिय प्रजातन्त्र दिवश अवशर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम वडा कार्यालयको पछाडी पट्टिको प्राङ्गढमा राखिएको थियो । उक्त कार्यक्रममा स्थानिय युवा बुद्धिजिवीको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ काठ्माडौ जिल्ला अध्यक्ष, तारकेश्वर नगर अध्यक्ष र वडा स्तरीय युवा संघ अध्यक्ष, वडा नं १ का वडा अध्यक्ष, काठमाडौँ जिल्ला कमिटि सदस्य भैरव सापकोटा लगायत स्थानिय जन प्रतिनिधिहरु समेत उपस्थित हुनुभएको थियो ।
नेपालमै अहिले सम्म १६९ पटक रक्तदान गरिसक्नुभएका प्रेम सागर कर्माचार्यको उपस्थितिले यो कार्यक्रलाई अझै रोचक बनाएको थियो । १६ बर्षको उमेरबाट रक्तदान गर्न शुरु गर्नुभएको उहाँ काठमाडौँ वागवजार बासी हुनुहुन्छ । उहाँले अन्तिम पटक गत माघ २९ गते पर्वतको कुष्मामा रक्त दान गर्नुभएको थियो ।
उहाँको विचारमा नेपालमा यस्ता कार्यक्रमहरुलाई प्रभावकारी बनाउन सम्वद्ध सरोकारवालाहरु जस्तै रेडक्रस सोसाइटी, स्थानिय सरकार, प्रदेश र केन्दि«य सरकारले जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ र रगत निशुल्क उपलब्ध गराउँने व्यवस्था सरकारले गर्नुपर्ने उहाँको राय छ ।
उहाँ नेपाल स्वयंशेवी रक्तदान समुहको केन्द्रिय अध्यक्ष समेत हुनुहुन्छ ।
उहाँका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेश सरकारले आकस्किमिक अवस्थामा परेका र विपन्न वर्गलाई निशुल्क रगत उपलब्ध गराउँने निणर्य गरिसकेको छ ।
समग्रमा आजको रक्तदान कार्यक्रम भव्य र सव्य ढङ्गले सम्पन्न भएको जानकारी वडा नं १ युवा संघ अध्यक्ष प्रकाश अधिकारीले गराउँनुभएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #रक्तदान कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्