तारकेश्वर ३ मा जमुना फुँयालको अध्यक्षतामा ३१ सदस्य अनेम संघ गठन
तारकेश्वर काठमाडौं । । तारकेश्वर नगरपालिका वडा नं ३ मा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ गठन भएको छ ।
करिव १०० जना कृयाशिल महिलाहरुको उपस्थीतीबाट ३१ सदस्य अनेम संघ गठन गरिएको महिला नेतृ साबित्रा शर्माले बताउनु भयो ।
शर्माका अनुसार सो भेलाले जमुना फँुयालको अध्यक्षतामा ३१ सदस्य अनेम संघ गठन गरिएको छ भने सचिवमा शोभा पलेल रहेका छन ।
कार्यक्रमका अतिथिका रुपमा बागमति प्रदेश कमिटि सदस्य श्याम घिमिरे , नगर कमिटि अध्यक्ष बासु गौतम , तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल , नगर कमिटि सचिव राजु तिमिल्सिना , जिल्ला कमिटि सदस्य साबित्रा शर्मा ,३ नं वडा कमिटि अध्यक्ष रुद्र घिमिरे लगायतको उपस्थीती रहेको थियो ।
उपस्थीत अतिथिहरुले नव गठित वडा कमिटीका पदाधीकारीलाई शुभकामना दिनुहुदै अनेमा संघको चर्चा गर्दै देश परिवर्तन तथा विकासका लागि अहिले सम्म खेलेको भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #महिला संघ गठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्