रविन पुतुवारको अध्यक्षतामा एमाले साङ्गला टोल कमिटि गठन
नेकपा एमाले तारकेश्वर नगरपालिका वडा नं १ वडा कमिटिकाे पहलमा अाज साविककाे साङ्गला वडा नं ६, साङ्गलाटाेलमा एक कार्यक्रम अायाेजना गरी कं. रविन पुतुवारकाे अध्यक्षतामा १३ सदस्य टाेल कमिटिकाे गठन गरेकाे छ ।
कार्यक्रमकाे अध्यक्षता वडा कमिटि अध्यक्ष कं. गाेपाल सापकाेटाले गर्नुभएकाे थियाे भने विशेष अतिथिकाे रूपमा वडा इन्चार्ज विदुर सापकाेटा उपस्थित हुनुहन्थ्याे ।

साेही अवसरमा उपस्थित सबैले पैसा उठाएर स्थानीय प्रकाश पुतुवार (मन्त्री) जाे विभिन्न शारिरिक समस्या बाट पिडित रहेकाे र पारिवारिक अार्थिक अवस्था पनि कमजाेर भएकाले भाइलाइ रू १०,९०० अार्थिक सहयाेग पनि गरेकाे छ ।
अाजकाे कार्यक्रममा कांग्रेस पार्टिका क्रियाशिल सदस्य गाेपाल श्रेष्ठले पार्टि परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । उहाँलाइ कायर्क्रम अध्यक्ष गाेपाल सापकाेटा र वडा इन्चार्ज कं. विदुर सापकाेटाले टिका तथा खादा लगाएर पार्टि प्रवेश गराउँनु भएकाे थियाे ।
साङ्गलामा नेकपा एमालेकाे सांगठनिक सुदृणीकरणकाे अभियान व्यापक रूपमा अगाडी बढेकाे छ । कार्यक्रम एकदमै व्यवस्थित र मर्यादित ढङ्गले सम्पन्न भएकाे थियाे ।
क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले साङ्गला टोल कमिटि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्