अब टोखाका विरामीहरुलाई निशुल्क रगत , सम्पूर्ण शुल्क नगरपालिकाबाट भुक्तानी
काठमाडौं । टोखा नगरपालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाले रेडक्रस तथा बिभिन्न संघ संस्थाहरु सँगको समन्वयमा आफ्ना नागरिकको उपचारका लागि लाग्ने रगत निशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको मेयर प्रकाश अधिकारीले बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरि आफ्ना विरामी स्थानीय अस्पतालमा भर्ना भई उपचार गराउदा रगतको निशुल्क व्यवस्था गराएका हुन् ।
रेडक्रस रक्त सञ्चार सेवाले प्रति पिन्ट रगतको लागि लाग्ने थैला , परिक्षण र सेवा शुल्क गरि ८ सय १० रुपैयाँ शुल्क लिँदै आएको छ । टोखाका विरामीलाई परिचयको आधारमा निशुल्क गरिने र पछि सो रकम बराबरको बिल अनुसार भूक्तानी गर्ने मेयर अधिकारीको भनाई छ ।
रगत अभावमा नागरिकहरुले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न निति तथा कार्यक्रम अनुरुप बजेट व्यवस्थापन गरिएको अधिकारीको भनाई छ ।
टोखा नगरपालिका नागरिकको स्वास्थ प्रति सदैब प्रतिबद्ध रहेको तथा स्वास्थ शाखाबाट प्रभावकारी सेवा प्रवाह भैरहेको मेयर अधिकारीको भनाई छ ।
मानिसहरुले निशुल्क दान गरेको रगत बिभिन्न प्रशोधन , ल्याव परिक्षण बापतको शुल्क बिरामीले तिर्नुपर्ने झन्झटको अत्य टोखा नगरपालिकाले गर्ने भएको हो ।
टोखा नगरपालिकाले केहि समय अगाडिमात्र ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गरेको थियो । ५० वर्ष माथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालनबाट प्रत्येक हप्ता ९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेका छन ।
मेयर अधिकारीको यो अग्रसरतासँगै नगरवासी हर्षित भएका छन् । संविधानले नागरिकका स्वास्थ्य सम्बन्धि मौलिक हकको प्रत्याभुत गराउने गरि स्थानिय सरकारले जिम्मेवारी बोध गराउने यस्तो कार्यक्रमको नगरबासीहरुबाट प्रशंसा हुँदै आएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #अब निशुल्क रगत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्