कुन्चिप्वाकल हेल्थपोस्ट स्वास्थ्य मन्त्री खतिवडामार्फत तारकेश्वर नगरपालिकालाई हस्तान्तरण
तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १ मा निर्मीत कुन्चिप्वाकल हेल्थपोस्ट स्वास्थ्य मन्त्री बिरोध खतिवडाबाट तारकेश्वर नगरपालिकालाई हस्तान्तरण भएको छ ।
आइतबार हेल्थपोस्ट को प्राङ्गणमा भब्य समारोह बिच हस्तान्तरण भएको हो । बुलन्द आवाजको अभियानमा स्वास्थ चौकी भवन निमार्ण समितिद्धारा निमार्ण सम्पन्न भएको सो हेल्थपोस्ट हस्तान्तरण कार्यक्रममा स्वास्थ मन्त्रि बिरोध खतिवडा , तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा , प्रमुख कार्यकारी अधिकृत शिव लम्शाल , बरिष्ठ संचार कर्मी प्रेम बाहानीया , कलाकार अर्जुन घिमिरे पाँडे , सिते बा , बिभिन्न सामाजिक अभियान्ता लगायतको उपस्थीती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थमन्त्रि बिरोध खतीवडाले बुलन्द आवाजको अभियानको प्रंसशा गर्नुहुदै हेल्थपोस्टको प्रभावकारी रुपमा संचालन गर्ने नगरपालिका बिषेशरुपमा लाग्नुपर्ने बताउनुहुँदै आवश्यकता अनुसार मंत्रालयबाट पनि सक्दो सहयोग हुने बताउनु भयो ।
सोही अवसरमा आगामी निर्वाचनमा आफ्नो पार्टी एमाले भन्दा निकै ठूलो हुने दावी गर्नुभएको छ ।
खतिवडाले आफू नेकपा एकीकृत समाजवादी पार्टीमा लाग्नुको कारण बताउँदै यो पार्टीले आम जनताको भावना विपरित कुनै पनि काम नगर्ने ठोकुवा गर्नुभयो ।
तारकेश्वर नगरपालिकाको माथिल्लो भूभाग कुन्चीप्वाकल , साङ्गलामा बुलन्द आवाज हेल्थपोस्ट बनाउ अभियान एक बर्ष अघि शुरु भएको थियो ।
संचारकर्मी राजन नेपालको बिशेष अगुवाईमा हेल्थपोस्ट बनाउ अभियान अन्र्तगत नगरपालिका लगायत बिभिन्न दाताहरु मार्फत सहयोग संकलन गरि कुन्चिप्वाकल हेल्थपोस्ट निमार्ण सम्पन्न गरेका हुन ।


क्याटेगोरी : स्थानीय
ट्याग : #कुन्चिप्वाकल हेल्थपोस्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्