Techie IT
शुक्रबार, जेठ १५,२०८३

काठमाडौ क्षेत्र नं ६ प्रदेश ख मा सभापतिका प्रत्यासी तिमिल्सिना को हुन ?


काठमाडौ । नेपाली कांग्रेसको प्रदेश समितिको अधिवेशन मंसीर ३ गते देशैभर हुँदैछ । यसै सन्र्दभमा काठमाडौ क्षेत्र नं ६ प्रदेश ख मा पनि चुनाबी रौनक बढेको छ । प्रदेश सभापतिमा बिभिन्न नेताहरुले उम्मेद्धारी घोषण गरिरहदा बिष्णुभक्त तिमिल्सिनाको नाम चर्चामा छ ।

१६ बर्षको उमेर देखि नेविसंघमा आवद्ध रही पञ्चाय विरुद्धको आन्दोलनमा होमिएका तिमिल्सना २०४६ सालको आन्दोलनमा सकृय भुमिका निभाएको उनी बताउनुहुन्छ ।

२०६२–६३ को जनआन्दोलनका घाइते तथा तत्कालीन शाही सेनाले पटकपटक हिरासतमा रहेका तिमिल्सिना २०६७ मा तत्कालीन धर्मस्थली गाउँ बिकास समितिको सभापतिमा निर्वाचित भई काठमाडौंका तत्कालीन गाविस सभापतिहरु मध्य सर्वोउत्कृस्ट सभापतिको रुपमा सम्मानित भएका थिए ।
२०७४ को प्रदेश सभा प्रतिनिधि सभा आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौ क्षेत्र नं ६, प्रदेश सभा९ख० बाट सांसद पदका उठेका तिमिल्सिना कुसल संगठक एवं काठमाडौं क्षेत्र नं ६ को संगठन विभाग प्रमुखको रुपमा काम गरि आम कार्यकर्ता माझ लोकप्रिय रहेका छन ।


क्याटेगोरी : स्थानीय
ट्याग : #बिष्णुभक्त तिमिल्सिना


तपाईको कमेन्ट लेख्नुहोस्