माथिल्लो साङ्गलाको बिकाशमा सक्रिय दुई युवा
नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ देखि ४० बर्षको वर्ग युवा मानिन्छ।राष्ट्रिय युवा नीति, कार्यान्वयनका लागि युथ भिजन २०२५, निर्माण हुनु, राष्ट्रिय युवा परिषद गठन हुनु युवाहरुको लागि निश्चय नै सुखदको कुरा हो। तर, अझै पनि राज्यको नीति निर्माण , बिकाश निमार्ण र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागीता सुनिश्चित हुन नसकिरहेको बेला काठमाडौ तारकेश्वरका युवाहरु यतिबेला बिकाश निमार्णमा अग्रसर रहेका छन ।
तारकेश्वर वडा नं १ साङ्गला लक्ष्मीपुर निवासी प्रकाश अधिकारी र किसन पुन यतिबेला निस्वार्थरुपमा सामाजिक कार्यमा लागीरहेका छन । तारकेश्वरको माथील्लो भेगमा अझै पनि बिकाशको हिसावले पछाडी परेकाले गाँउमै केही गर्नुपर्छ भनेर वडा कार्यालय , नगरपालिका लगायतका निकायहरुमा योजना मागी बिभिन्न जनमुखी कामहरु गरेको ३३ बर्षीय युवा किसन पुन बताउछन ।
पुनका अनुसार तारकेश्वर नगरपालिकाबाट प्राप्त ३६ लाख बजेटले ढकालचौरमा वालको काम सम्पन्न भएको छ । निमार्णपछिको फराकीलो खेलमैदानमा छिटैनै फुटवल टुनामेन्टको आयोजना गर्ने तयारी रहेको छ ।
फ्रिज हुनलागेको ७ लाख रुपैयाले रमेश भुर्तेलको घरबाट ढकालचौर जाने मूल सडकको ढलानको काम सम्पन्न भएको छ ।
खानेपानीको समस्या भएको उपाल्लागाउँ र ढकालचौरका ३७ वटा घरमा खानेपानीको ब्यवस्था गरिएको स्थानिय २७ बर्षीय युवा प्रकाश अधिकारीले बताए । अधिकारीका अनुसार नगरपालिकाका मेयर रामेश्वर बोहोराबाट १० लाख बजेट स्वीकृत गराई १ घर १ धाराको अवधारणा बनाई सो परियोजना सम्पन्न भएको छ । साथै ढकालचौर युवाक्लव भवनको निमार्णको काम समेत भैरहेको छ ।
कोरोना बिरुद्धको खोप लगाउन नगरपालिकाको स्वास्थ शाखासंग समन्वयन गरि वडा नं १ का बृद्ध तथा अशक्तmहरुको घर घरमा गई खोप लगाउने कार्यपनि सम्पन्न गरेको प्रकाश अधिकारी बताउछन ।
उनीहरुको यो महान अभियानमा एलिस अधिकारी , श्यामचन्द्र अधिकारी ,प्रकाश तामाङ्ग,कृष्ण तामाङ्ग , जनक अधिकारी लगायतका स्थानिय युवाहरुले साथ दिएका छन ।
भौतिक पूर्वाधार सहित यि दुई युवाहरु स्थानिय स्तरमा संचालन हुने हरेक गतिबिधिहरुमा सक्रियरुपमा लागेका छन ।




क्याटेगोरी : स्थानीय
ट्याग : #बिकाशमा सक्रिय दुई युवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्