साङ्गला एमालेको वडा अधिवेशन भव्यताका साथ सम्पन्न , ३१ जनाको कमिटि गठन (सूचिसहित)
नेकपा एमाले को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भएको छ । जस अनुसार तारकेश्वर नगरपालिकाका वडाहरुमा भव्यताकासाथ वडा अधिवेशन भएको छ । अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको थियो ।
तारकेश्वर नगर उपप्रमुख भवानी डोटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन बागमति प्रदेशका संयोजक कुमार प्रसाद तिमलसिना , वडा अध्यक्ष बिदुर सापकोटा , नगर कमिटि सदस्य प्रलाद बुढाथोकी ,राजकुमार अच्छामी , भरत भट्ट , सुमन कार्की , अर्जुन अधिकारी , बिमला मंग्रान्ती , किसान नेता शम्भु कार्की , अग्रज नेता राजु नेपाल , प्रेस चौतारी काठमाडौका अध्यक्ष पुकार तिमलसिना लगायतको उपस्थीती रहेको थियो ।
वडा कमिटिका सचिव प्रकाश ढकालद्धारा संचालित सो कार्यक्रमका बक्तmाहरुले साङ्गलाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।
वडा अधिवेशनले गोपाल सापकोटालाई अध्यक्ष , रमेश तामाङ्गलाई उपाध्यक्ष , प्रकाश ढकाललाई सचिव , रिंकि अधिकारी र लक्ष्मी के.सीलाई उपसचिव , रामकुमार अधिकारीलाई कार्यालय सचिव गरि ३१ जनाको वडा कमिटि चयन गरेको छ ।
हेर्नुहोस ३१ जनाको वडा कमिटिको नामावली :


भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=6RmZcpD-G3k
क्याटेगोरी : स्थानीय
ट्याग : #साङ्गला एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्