किसान महासघं तारकेश्वरको अध्यक्षमा चमरेल , २५ सदस्यीय नगर समिति चयन
काठमाडौ । अखिल नेपाल किसान महासघंले तारकेश्वर नगरपालिकामा नगर कमिटि गठन गरेको छ । तारकेश्वरमा भव्य कार्यक्रमका विच अखिल नेपाल किसान महासघ गठन भएको हो । भेलाले अध्यक्ष अशोक कुमार चमरेल , सचीव सरोज खतिवडा ,कोसाध्यक्ष चन्द्रा कुमारी श्रेष्ठ सहित २५ सदस्यीय नगर समिति चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी तारकेश्वर नगर प्रमुख रामेश्वर बोहरा, विशेष अतिथि उप मेयर भवानी डोटेल ,अखिल नेपाल किसान महासंघ उपत्यका संयोजक कृष्ण अधिकारी ,प्रद्रेश कमिटि सदस्य लेखनाथ फुँयाल , क्षेत्रीय अध्यक्ष बिश्वनाथ लामिछाने , एमाले तारकेश्वर नगर कमिटिका अध्यक्ष बासु गौतम , नेता सिताराम रेग्मी , किसान महासंघ जिल्ला अध्यक्ष बलराम धिताल लगायतका नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।
सोही कार्यक्रममा कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्दे बजारीकरण गर्ने शैली परिवर्तन गर्नुपर्नेमा कृषकहरुले जोड दिएका छन् । अखिल नेपाल किसान महासंघ तारकेश्वरको नगरस्तरीय भेलामा सहभागीहरुले कृषि उत्पादनको बजारीकरण गर्दै किसानले लागत मूल्य पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : #किसान महासघंले तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्