झोरका किसानहरुलाई मिनि टिलर बितरण
काठमाडौं । टोखा नगरपालिका झोरका किसानहरुलाई ९ वटा मिनिटिलर तथा २ वटा पावर ट्रेलर बितरण गरिएको छ ।
कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उद्धेश्यले कृषक तथा समुहलाई ५० प्रतिशत अनुदानमा औजार बितरण गरिएको वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।
टोखा नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा १ नं वडा भित्रका भित्रका ११ जना किसानलाई मिनिटिलर बितरण गरीएको छ । परम्परागत खेतिलाई आधुनिक खेतिमा रुपान्तरण गर्दै बिकास गर्न उपकरणहरु बितरण गरीएको नगर प्रमुख प्रकाश अधिकारीले बताए ।
टोखाकै कृषिको हव रहेको वडा नं १ लाई कृषि क्षेत्रको समग्र बिकाशका लागी नगरपालिकाले बिभिन्न कार्यक्रम गर्दे आएको नगर प्रमुख अधिकारीले बताए ।


क्याटेगोरी : स्थानीय
ट्याग : #झोरका किसान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्