टोखा वडा नं ९ का बासीहरुलाई कौसी खेती तालिम
टोखा नगरपालिका वडा न ९ ले वडा बासीहरुलाई कौसी खेती तालिम दिएको छ ।
तालिममा अर्ग्यानिक तराकारी खेतिको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद ब्यवस्थापन, सम्भवित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइएका टोखा नगरपालिका कृषि शाखाकी प्रमुख सुमित्रा पाठकले बताईन।
उनका अनुसार तालिममा स्थानीय जातका तरकारी लगाउन प्रोत्साहन र हाइब्रीड जातको समेत जानकारी गरार्इएको छ। भान्साबाट निस्कने फोहरलाई ब्यवस्थापन गरी मल बनाउने विधि समेत तालिममा सिकाइएको छ।

कौसि खेती तालिममा वडा अध्यक्ष जोग प्रसाद नेपालले तालिममा सहभागीहरुलाई राम्रो सग तालिममा सिक्न आग्रह गरे । तालिम वडा बासिहरुलाई समूह समुह बनाई तालिम दिईरहेको बताउनुहुँदै तालिमका लागी दस लाख बजेट बिनियोजन भएको वडा अध्यक्ष नेपालले जानकारी दिए। कार्यक्रममा अतिथि टोखा नगरपालिका कृषि शाखाकि प्रमुख सुमित्रा पाठक वडा जनप्रतिनिधि रामभक्त घिमिरे लगायतको उपस्थीती रहेको थियो । तालिममा ३० जना सहभागी रहेका छन।
क्याटेगोरी : स्थानीय
ट्याग : #कौसी खेती तालिम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्