काँग्रेस तारकेश्वर नगर सभापतिमा कृष्णहरि महर्जन
काठमाडौं । नेपाली काँग्रेस तारकेश्वर नगरसभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन् । उनका प्रतिस्पर्धी श्रीराम थापालाई ११४ मतअन्तरले बिजय भएका हुन ।
जम्मा २५८ मत खसेकोमा मा उनले १३५ मत प्राप्त तथा श्रीराम थापाले ११४ मत ल्याएका छन् । त्यस्तै अर्का सभापतिका उम्मेदवार मुकुन्द तिमिल्सिनाले २ भोट प्राप्त गरेका छन् ।
त्यस्तै नगर उपसभापतिमा नवराज अर्याल र जमुना तिमिल्सिना विजयी भएका छन् । नगर सचिवमा राजु फुयाँल र शंकर तिमिल्सिनाले जित हासिल गरेका छन् । सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएकी छिन् ।
सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहका महर्जनले नेता प्रकाशमान सिंह र गगन थापा समूहका श्रीराम थापालाई पराजित गरेका हुन् । सिटौला समूह छोडेर गगनले प्रकाशमान सिंहलाई साथ दिएका थिए ।
काठमाडौं जिल्लाका एक महानगरपालिका र ९ नगरपालिकामा शनिबार अधिवेशन भएको हो । अधिकांश पालिकामा निर्वाचनबाटै नेतृत्व चयन भएका छन् । दक्षिणकाली नगरपालिकाको एउटा वडामा अधिवेशन नभएका कारण शनिबार पालिका अधिवेशन हुन नसकेको हो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #काँग्रेस तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्