टोखा कांग्रेस नगर सभापतिमा दिपकराज जोशीको चर्चा
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिबेशन अन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै तारकेश्वरमा अब नगर अधिवेशनको सरगर्मि सुरु भएको छ ।
अशोज ९ गतेका दिन नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकको नेतृत्व चुन्ने गरी अधिवेशनको मिति तोकिएको छ । अधिवेशनबाट नेतृत्व लिन टोखा नगरपालिकाका आकांक्षीहरूमध्ये एक जना बलियो र लोकप्रिय आकांक्षी दिपकराज जोशी पनि एक हुन ।
नेपाली कांग्रेस टोखाको सभापतिमा दावी गरेका जोशी स्थानिय स्तरमा बौद्धीक युवाका रुपमा लोकप्रिय छन । कांग्रेस राजनीतीमा सक्रीय जोशी टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष समेत हुन ।
बिगतका स्थानिय , प्रदेश र संघीय चुनावमा प्रभावकारी भूमीका बारे कांग्रेस बृतमा उनको चर्चा छ ।
टोखाभित्र काग्रेसलाई बलियो र सुदृढीकरण गर्ने योजनाका साथ अवको स्थानिय चुनावमा कांग्रेसलाई स्थापित गर्नु प्रमुख उद्देश्य राखेका जोशी कुनै अमूख गुट वा पक्षको भन्दापनि कांग्रेसको तर्फबाट नगर सभापतिमा दावी गरेको बताउछन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #दिपकराज जोशी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्