टोखा नगरपालिकाको बजेट १ अर्ब ८९ करोड ९४ लाख , विकास र समृद्धिमा जोड
टोखा नगरपालिकाको आगामी आ.ब २०७८।०७९ को बजेट १ अर्ब ८९ करोड ९४ लाख ७६ हजार रहेको छ ।
उपप्रमुख ज्ञानमाया डंगोलद्धारा प्रस्तावित बजेट नगर सभामाले अनुमोदन गरेको हो ।
यस अघी यहि असार ९ गते भएको नगरपालिकाको नवौँ नगर सभाको पहिलो बैठकमा नगर प्रमुख अधिकारीले आ।ब।२०७८।०७९ का लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पनि नगर सभाले पारित गरेको छ ।
नगर प्रमुख अधिकारीले पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, प्रवद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, शहरीकरण व्यवस्थापन, रोजगारी सिर्जना, आर्थिक विकास, कृषिको आधुनिकीकरण, विपद् व्यवस्थापन, वातावरण संरक्षण, सहकारी, खेलकूद, एक वडा एक पार्क निर्माण, वालमैत्री स्थानीय शासनको प्रवद्र्धन लगायत नगरबासीहरुलाई प्रत्यक्ष लाभ पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउनुभएको थियो ।
टोखा नगरपालिकाले ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर भन्ने मूल नाराका साथ समग्र नगरको विकास र समृद्धिका लागि कार्य गरिरहेको पनि नगर प्रमुख अधिकारीले बताउनुभएको थियो ।
नगर सभाले विनियोजन विधेयक, आर्थिक विधेयक, संगठन संरचना, न्यायिक समितिको प्रतिवेदन लगायत पारित गरेको नगर प्रवक्ता बच्चु बस्यालले बताउनुभयो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्