तारकेश्वरमा कोरोना संक्रमितको संख्या बढ्यो , संक्रमितको संख्या १९१४
काठमाडौं । तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या १९१४ पुगेको छ । ८६८ महिला र १०४६ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ७३० रहेको छ । अहिलेसम्म ३७ जनाको मृत्यु भएको छ । जसमा १९ महिला र १८ पुरुष रहेका छन् । संक्रिय संक्रमितको संख्या ५३२ महिला र ६१५ पुरुष गरी ११४७ जना पुगेका छन् ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ३२ जना पुगेको छ । वडा नं. २ मा १२२ जना रहेका छन् । वडा नं. ३ मा ७२ जना रहेका छन् । वडा नं. ४ मा १६५ छन् । त्यस्तै वडा नंं. ५ मा २२७ जना छन् । वडा नं. ६ मा २११ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ७ मा १७५ जनामा कोरोना संक्रमण देखिएको छ ।
वडा नं. ८ मा २६९ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ९ मा २३० जनालाई संक्रमण देखिएको छ । वडा नं. १० मा २१६ जना छन् र वडा नं. ११ मा १९५ जना सक्रिय संक्रमित रहेका छन् । तारकेश्वर नगरपालिकामा आजको डाटाअनुसार ४२ महिला र ३६ पुरुष गरी ७८ जनामा कोरोना पुष्टि भएको छ ।
साङ्ला प्राथमिक केन्द्रको आइसोलेशनमा अहिलेसम्म २९ जना भर्ना भएर उपचार गराइरहेका छन् । जसमा १८ जना डिस्चार्ज भएर घर गएका छन् भने ३ जनालाई रेफर गरिएको छ । २४ घण्टामा ० जना कोरोना संक्रमित बिरामी थपिएका छन् ।
अहिलेसम्म तारकेश्वरमा १६६६ जनाको एन्टिजेन टेष्ट गर्दा ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १०५ जनाको एन्टिजेन टेष्ट गर्दा १५ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै तारकेश्वरमा १०७९ जना होम आइसोलेसनमा रहेका छन् भने ६८ जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वरमा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्