तारकेश्वरमा दोस्रो चरणमा १११६ जनामा कोरोना, १६ जनाको मृत्यु
तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारी अनुसार दोस्रो चरणमा कोरोना संक्रमितको संख्या १११६ पुगेको छ । जसमा ४९६ महिला र ६२० पुरुष रहेका छन् ।
अहिलेसम्म १६ जनाको मृत्यु भएको छ । जसमा १० महिला र ६ पुरुष रहेका छन् । संक्रिय संक्रमितको संख्या ४५६ महिला र ५७१ पुरुष गरी १०२७ जना पुगेका छन् ।
तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या १९ जना पुगेको छ । वडा नं. २ मा ७२ जना रहेका छन् । वडा नं. ३ मा ३५ जना रहेका छन् । वडा नं. ४ मा ९५ छन् । त्यस्तै वडा नंं. ५ मा ११७ जना छन् । वडा नं. ६ मा १०३ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ७ मा ९९ जनामा कोरोना संक्रमण देखिएको छ ।
वडा नं. ८ मा १७७ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ९ मा १२२ जनालाई संक्रमण देखिएको छ । वडा नं. १० मा १३० जना छन् र वडा नं. ११ मा १४७ जना सक्रिय संक्रमित रहेका छन् । तारकेश्वर नगरपालिकामा आजको डाटाअनुसार ४२ महिला र ३९ पुरुष गरी ८१ जनामा कोरोना पुष्टि भएको छ ।
तारकेश्वर नगरपालिकामा आजसम्मको एन्टिजेन टेष्टको रिपोर्टअनुसार प्राथमिक स्वास्थ्य केन्द्र साङलामा २१ जनाको एन्टिजेन टेष्ट गर्दा ४ जनामा पोजेटिभ आएको छ । अहिलेसम्म तारकेश्वरमा ४५८ जनाको एन्टिजेन टेष्ट गर्दा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
निको हुनेहरुको संख्या ७३ रहेको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्