काभ्रेपलाञ्चोकमा एक हप्ता निषेधाज्ञा थप
काभ्रेपलाञ्चोक। कोभिड १९ सङ्क्रमण बढिरहेको र उच्च् जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० ले दिएको अधिकार अनुसार आइतबार राति १२ बजेदेखि आगामी जेठ २ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको बताए ।
यसअघि वैशाख १९ गते राति १२ बजेदेखि एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा जारी गरिएको थियो ।
यसैबीच बनेपा नगरपालिकाले नगर कार्यालयसहित सबै वडा कार्यालयबाट हुने सबैखाले सेवा अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##काभ्रेपलाञ्चोक, #breaking, #निषेधाज्ञा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्