तारकेश्वर २ मा स्वास्थ्य चौकी भवनको शिलान्यास
काभ्रेस्थलीवासीको सपनाले साकाररुप लियो
सीता पौडेल(अर्चना)
काठमाडौं ।काठमाडौको तारकेश्वर नगरपालिकाको वडा नम्बर २ काभ्रेस्थलीमा आधुनिक डिजाइनको स्वास्थ्य चौकी भवन बन्ने भएको छ । काभ्रेस्थलीमा रहेको सनराइज कोलनी नजिक ८ आनाको क्षेत्रफलमा बन्न लागेको उक्त भवनको शनिबार तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोराले उद्घाटन् गरेका छन्।
स्थानीय समाजसेवी सरिता चौलागाई र सानु सापकोटाले आफ्ना स्वर्गीय पिताको नाममा दान गरेको चार/ चार आना गरि जम्मा आठ आना जग्गामा सो स्वास्थ्य चौकी भवन बन्न लागेको हो । सम्भावित अन्डरग्राउड सहितको तीन तले बन्ने सो स्वास्थ्य चौकी भवनको तारकेश्वर वडा नं. २ को रु १८ लाख बजेट , स्थानीयहरुले धान्यान्चल महायज्ञ र सप्ताह ज्ञान महायज्ञबाट संकलन गरेको अनुमानित रु ३० लाख बजेट र स्थानिय दाताहरुबाट संकलन गरिएको बजेट गरि करिब ५५ लाखको बजेटबाट निर्माण हुन लागेको सोही वडाका वडा अध्यक्ष रविन्द्र केसीले बताए ।
अध्यक्ष केसीका अनुसार दुई वर्षभित्र निर्माण कार्य सम्पन्न हुने गरि भवन निर्माण उपभोक्ता समितिबाट निर्माण कार्यमा सहजीकरण गर्ने कार्य अगाडि बढिसकेको छ । यदि बजेट अपुग भएमा अपुग
रकम नगरपालिकाले थप गरेर भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको अध्यक्ष केसीले बताए ।


क्याटेगोरी : स्थानीय
ट्याग : ##शिलान्यास, ##स्वास्थ्य चौकी भवन, #तारकेश्वर २
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्